
तुलसीपुर, फागुन २२ । नेपाली काँग्रेस भित्र संधै अभिभावकीय भूमिका निर्वाह गरेका लोकमणि गिरी र उनको परिवारको राजनीतिमा ठूलो योगदान छ । स्वर्गिय लोकमणिका बुवा बलभद्र गिरी बिक्रम संवत २०११ सालमै नेपाली काँग्रेसको तत्कालिन सल्लाहकार परिषदको सदस्य थिए ।
त्यतिबेला उक्त पद अहिलेको राष्ट्रिय सभा वा प्रतिनिधिसभाकै हैसियतको मानिन्थ्यो । बुवाकै राजनीतिबाट दिक्षित लोकमणि गिरीपनि लोकतन्त्रकै पक्षमा लडिरहे । सरल र सालिन स्वभावका धनि गिरी नेपाली काँग्रेस भित्र भने जहिलै अभिभाबकिय भूमिकामा थिए । क्रियासिल सदस्य उनी काँग्रेस भित्रको राजनीतिमा कहिलै लाभको पदका लागि लडाई लडेनन् ।
उनी पार्टी भित्र सल्लाहाकार वा सहयोगीको भूमिकामा मात्रै बसे । लोकमणि गिरी राप्ती तत्कालिन समयमा राप्ती अञ्चल पञ्चायत निरिक्षण अधिकारी, अञ्चल निर्देशन अधिकारी, तत्कालिन पञ्चायतमा युवा संगठनको केन्द्रीय सदस्य हुँदै पूर्व राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।
प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार २०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यो बेला ४ जना माननियहरुले जनमत संग्रहमा बहुदलको पक्षमा समर्थन गरेका थिए ।
चितवनका भिमप्रशाद श्रेष्ठ, बाग्लुङका कुलराज शर्मा, पर्साका राधाकृष्ण कलवार र दाङका लोकमणि गिरीले राष्ट्रिय सभा सदस्य हुँदाहुँदै बहुदलको पक्षमा समर्थन जनाएका थिए । सिंहदरवार ग्यालरीमा स्वर्गिय गिरीले बहुदलको समर्थन गरेर बहुदलकै पक्षमा लागेपछि संसद भवन भित्रै गिरीमाथि पञ्चहरुले कुटपिट गरेको प्रदेश सभा सदस्य गिरीले बताए ।
‘२०३६ सालको जनमत संग्रह पछि त्यसको पक्षमा लागेको भनेर उहाँमाथि संसद भवन भित्रै पञ्चहरुले कुटपिट गरेका थिए,जो ऐतिहासिक घटना मानिन्छ,’ प्रदेश सभा सदस्य गिरीले भने ‘पञ्चयात राजनीतिमा रहँदापनि उदारबादी खेमामा रहेर उहाँले काँग्रेस जनहरुलाई आन्दोलनमा अदृष्य रुपमा सघाउने गर्नु हुन्थ्यो ।’ गिरीको असामहिक निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको प्रदेश सभा सदस्य गिरीले बताए ।
यो पनि पढ्नुहोस
रहेनन् काँग्रेसका अभिभावक लोकमणि गिरी
