२०७८ बैशाख १ गते बुधवार

रहेनन् काँग्रेसका अभिभावक लोकमणि गिरी


तुलसीपुर, फागुन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीलाई पित्रि शोक परेको छ । गिरीका पिता ८३ बर्षीय लोकमणि गिरीको शनिवार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरी दिउँसो एकाएक बिरामी भएपछि अस्पताल लगिएको थियो ।
आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपूर्व उनलाई कुनैपनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए । स्वर्गिय गिरीकी ८० बर्षीया धर्मपत्नि छाँया र छोराहरु दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *