तुलसीपुर, फागुन ८ ।दाङमा झन्डै एक सय जति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा पार्टी प्रबेश गरेका छन् । शनिवार श्रीगाउँमा आयोजित कार्यक्रममा दंगिशरण गाउँपालिका वडा नम्बर ६ र ७ का नेकपाका झन्डै एकसय कार्यकर्ता नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेको काँग्रेसका स्थानीय नेताहरुले दाबी गरेका छन् ।
नब प्रबेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले अभिर लगाएर पार्टी प्रबेश गरेका थिए । दंगिशरण ७ का काँग्रेस इकाई सभापति हर्कबहादुर वुढाथोकीको अध्यक्षता र केन्द्रीय सदस्य गिरीको प्रमुख आथित्यमा पार्टी प्रबेश कार्यक्रम भएको हो ।
त्यसक्रममा नयाँ प्रबेशीहरुलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य गिरीले देशको शान्ति र समृद्धिका लागि काँग्रेसको बिकल्प नरहेको बताए ।
उनले कम्युनिस्टहरुको नक्कली नाराबाट नझुक्किएर सत्यबादी पार्टी नेपाली काँग्रेसलाई साथ दिन आह्वान गरे ।कार्यक्रममा प्रदेश सदस्य शंकर गिरीले यतिखेर कम्युनिस्टहरु स्वार्थमा लिप्त भएकै कारण देश दूर्घटना उन्मुख रहेको बताए । त्यस्तै नेता केशब आचार्यले काँग्रेसले चुनाब हारेकै कारण अहिले पश्चिम दाङ बिकाशमा पछाडि परेको बताए ।
काँग्रेस दाङका सचिब शंकरप्रसाद डाँगीले असंबैधानिक कदमको बिरोध गर्दै निर्बाचनको पूर्ब तयारीका लागि काँग्रेसजन तयार भएर बस्नु पर्ने बताए ।
कार्यक्रम दंगिशरण गाउँपालिकाका इकाई उपसभापति धर्मनाथ योगीको स्वागत मन्तब्यवाट शुरु भएको थियो । जसको सहजिकरण इकाई सचिब उपेन्द्र शर्माले गरेका थिए ।