२०८१ असोज ४ गते शुक्रवार

दाङ क्षेत्र नं. १ का ३७ वडाहरुमा काँग्रेसको विरोध प्रदर्शन

शिवराज खनाल

देउखुरी, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीवार दाङ क्षेत्र नं. १ अन्तरगतका सबै वडाहरुमा विरोध प्रदर्शन गरेको क्षेत्रीय कार्यसमितिले जानकारी दिएको छ ।

घोराही ५ मा वडा सभापति बिष्णुमणि दाहालको सभापतित्व र काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा विरोध कार्यक्रम भएको छ ।कार्यक्रमका बिशिष्ट अतिथि क्षेत्र नम्बर १ का सभापति भेषराज पान्डे थिए ।

घोराही उपमहानगरपालिका २ रामपुरमा रेवतिप्रसाद घिमिरेको सभापतित्व र काँग्रेस दाङका जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा काँग्रेसका दाङ जिल्ला पूर्ब सचिब कमल किशोर घिमिरे, जिल्ला सदस्य गोबिन्द रेग्मी विशिष्ट आतिथि थिए ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर ५ मा वडा सचिब सुरज केसीको सभापतित्व र केन्द्रीय सदस्य पार्बती डिसी चौधरीको प्रमुख आतिथ्यतमा विरोध कार्यक्रम भएको छ । नेपाल महिला संघ दाङकी सचिब लक्ष्मी योगी, लिला साह , लिलाराम खनालले कार्यक्रमलाई सम्वोधन गर्दै केपी ओलीको कदम असंबैधानिक रहेको भन्दै विरोध जनाए ।

गढवा गाउँपालिका वडा नं. २ मा वडा वडा सभापति जनकमान चौधरीको सभापतित्व र गढवा गाउँपालिकाका सहसभापति श्रीपत चौधरीको प्रमुख आतिथ्यतामा विरोध कार्यक्रम भएको हो । कार्यक्रमलाई प्रजातान्त्रिक बिचार समाजका जिल्ला सदस्य गोबिन्दकुमार वली लगाएतले सम्वोधन गरेका थिए ।

लमही ७ मा वडा सभापति सालिकराम चौधरीको सभापतित्व र महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख आतिथ्यतामा विरोध कार्यक्रम भएको हो । कार्यक्रमका बिष्टि अतिथि पूर्ब महासमिति सदस्य मोहन गिरी थिए । राजपुर गाउँपालिका वडा नम्बर ७ मा वडा कार्यबाहक सभापति खिमसिङ रानाको सभापतित्व र पूर्ब महाधिवेशन प्रतिनिधि मधु न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

राजपुर गाउँपालिका सहसंयोजक मन्जित खड्का कार्यक्रमका विशिष्ट आतिथि थिए । काँग्रेसले बिहीवार संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको हो । केन्द्रीय कार्यक्रम अन्तरगत दाङ क्षेत्र नं. १ मा पर्ने चार पालिका अन्तरगतका ३७ वटै वडाहरुमा विरोध प्रदर्शन गरिएको छ ।

काँग्रेसले यसअघि संसद विघटनको विरोधमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकामा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *