रोल्पा,माघ ८। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले जिल्ला कमिटी तथा गाउँ कमिटी सदस्यलाई कारवाही गरेको छ । विहिबार इन्चार्ज किरणले एक विज्ञप्ति जारी गर्दै जिल्ला कमिटी तथा गाउँ कमिटी सदस्य टोप बहादुर डाँगी ‘टिम’लाई साधारण सदस्य समेत नरहनेगरि निलम्बन गरेको जानकारी गराएका हुन् ।
नेकपाले पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको भन्दै गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको जनाएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले डाँगीलाई थप अनुसन्धान गरि कडा कारबाही गरिने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
हेर्नुहोस विज्ञप्ति
हाम्रो महान गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी देशको विद्यमान दलाल व्यवस्थाका बिरुद्द कठोर संघर्ष गरिरहेको छ । दलाल सामन्तहरुको बिरुद्द लडीरहदा पार्टी भित्रकै अवसरबादी अराजक तत्वको बिरुद्द पनि निर्मम संघर्ष गरिरहेको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सदस्य टोप बहादुर डाँगी ‘टिम’ले आर्थिक तथा साँस्कृतिक अराजकता मच्चाएपछि जिल्ला कमिटी रोल्पाले यसअधि नै निलम्बन गरेको सबैलाई सर्बबिदितै छ ।
पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको हुँदा नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको यसै बिज्ञप्ति मार्फत सबैमा सहर्ष जानकारी गराउँद छौ ।
नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले टोप बहादुर डाँगीलाई थप अनुसन्धानगरि कडा कारबाही गरिने बेहोरा समेत जानकारी गराउँद छौ।