
दाङ, साउन २७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा सोमवार एक कार्यक्रमका बीच नेपाल तरुणदल गठन गरिएको छ ।नेपाली काँग्रेस तुलसीपुर वडा नं. ६ का सभापति प्रताप केसीको अध्यक्षता र नेपाल तरुणदल दाङका जिल्ला सदस्य नविन बुढाथोकीको प्रमुख आथित्यमा भएको कार्यक्रमले वडा नं. ६ को तरुण दल गठन गरेको छ । जसको अध्यक्षमा राजकुमार महतरा, उपाध्यक्ष सरोज भारती, सचिव विपिन ज्ञवाली, सहसचिव केशव न्यौपाने र कोषाध्यक्षमा दिपक नेपालीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा केशव नेपाली, खेमराज न्यौपाने, संदिप गौतम, विशाल नेपाली, अभिशेक ज्ञवाली र अविनाश ज्ञवालीलाई चयन गरिएको छ । सबै पदाधिकारीहरु सर्वसहमतिमै चयन गरिएको हो ।
उक्त कार्यक्रमलाई नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरे, तरुणदल जिल्ला सदस्य समिता चौधरी लगाएतले सम्वोधन गरेका थिए । बासुदेव आचार्यको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन तरुणदल वडा नं. ६का अध्यक्ष राजकुमार महतराले गरेका थिए भने सहजीकरण वशन्त दसौंदीले गरेका थिए ।