
काँग्रेसको १५औं महाधिबेशन – दाङ – ३
तुलसीपुर, असोज १६ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ को अन्तिम मत परिनाम अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ सुरेश हमालले सर्वाधिक मत प्राप्त गरे । खुल्ला तर्फ १० जनाको ठाउँमा ३७ जना प्रतिष्पर्धी मैदानमा थिए ।
ती मध्य हमालले सर्वाधिक लोकप्रिय मत ९१६ प्राप्त गरे । बुधबारको निर्वाचमा कुल १२२४ मत खसेको थियो । हमाल यसअघि तुलसीपुर उपमहानगरपालिकाको सभापति थिए ।
गत पुसमा भएको बिषेश महाधिवेशनका क्रममा दाङमा सबै भन्दा पहिला त्यो बिषेश महाधिवेशनका पक्षमा खुल्ने र लहर सृजना गर्ने यि नै हमाल थिए । जिल्लाका अग्रज नेता कोहीपनि खुलेर लाग्न नसकिरहँदा हमाल बिषेश महाधिवेशनको पक्षमा खुलेरै लागेका थिए ।
हमाल यातायात क्षेत्रबाट उदाएका युवा नेता हुन ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिमा लगातार तेस्रो कार्यकालसम्म नेतृत्वमा रहेका हमाल सार्वजनिक यातायात ब्यबसायी महासंघको केन्द्रीय सल्लाहकारपनि हुन । हमाल युवा माझ लोकप्रिय छन् । हमालको यातायातका साथै क्रसर उद्योग, घर जग्गा कारोबार, ब्यबसाय लगाएत बिभिन्न पेशा ब्यबसायमा लगानी छ ।
दाङ – ३ जिल्लामै सबै भन्दा अग्रज तथा शिनियर नेताहरु भएको क्षेत्र मानिन्छ । यद्यपी यो महाधिवेशनमा पूर्व केन्द्रीय सदस्य तथा पूर्व माननीय गेहेन्द्र गिरी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएतका अग्रज नेताहरु भने मैदानमा थिएनन् ।
यही क्षेत्रवाट खुल्ला महाधिवेशन प्रतिनिधिमा दाङ जिल्ला सभापति शंकरप्रशाद डाँगी ७३५ मत प्राप्त गरि दृतिय स्थानमा बिजयी भए । त्यसपछि क्रमश यसअघिका क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का – ४९७ मत, तेक्वान्दोका पूर्व खेलाडी जितबहादुर केसी – ४२७, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत – ३९२ , ब्यबसायी जनकप्रसाद खराल – ३८० , ब्यबसायी टेकन प्रसाद बस्नेत –हिमाल) – ३७४, गोविन्दबहादुर शाह (शम्भु) – ३५३ , राप्ती बबई क्याम्पसका पुर्व स्ववियू सभापति अनिलकुमार कार्की –३३६ र जिल्ला सहसचिव सुबोधकुमार डाँगी – ३३३ मतसहित टप टेनमा पर्न सफल भए ।
खुल्ला तर्फ संविधानसभा सदस्य बुद्धिराम भण्डारी ३१२ , क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्रकुमार रिजाल २९१ मत प्राप्त गरेपनि उनीहरु लगाएतका अन्य उम्मेदवार भने पराजित भए ।
समानुपातिक तर्फ खस आर्य कोटाबाट चुनाव लडेका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले हमाल पछि सर्वाधिक मत प्राप्त गरे । उनले ९०७ मत प्राप्त गरि बिजयी भए । पार्टी बिधानमा यसअघि पार्टीका केन्द्रीय सदस्य स्वतह प्रतिनिधि बन्ने ब्यबस्था थियो । तीन कार्यकाल लगातार केन्द्रीय सदस्य रहँदा दीपकले कहिलै वडामा आएर सामाना गर्नू परेको थिएन । पार्टीको पछिल्लो नीतिका अनुसार दीपक १५ बर्ष पछि पहिलो पटक आफ्नै वडामा आइ भिड्नु परेको हो । यद्यपी उनलाई मतदाताले माया गरे । उनी फागुन २१ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पराजित भएका थिए ।
त्यस्तै केन्द्रीय सदस्य केशवराज आचार्य ७२० र डा. नहकुल केसी ४६६ मत प्राप्त गरि निर्वाचित भए । केसी गरिबी निवारण आयोगका पूर्व अध्यक्ष र डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छँदा लुम्बिनी प्रदेश बिकास प्राधिकरणको जिम्मेवारीमा थिए ।
खस आर्यमा अग्रज नेता महादेव शाह ३०९, युवाहरु शिशिरकुमार लामिछाने २८८, वशन्त गिरी २०६ र धुर्व गौतम १९६ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । युवाहरुले अग्रज नेताहरु संग भिडेपनि मतदाताले युवालाई रोजेनन् ।
युवा महिला तर्फ अर्चना रेग्मी ४४६ मत प्राप्त गरि निर्वाचित हुँदा राधिका खड्का ३३५ र लुमा बुढा मगर २५४ मत प्राप्त गरिन ।
युवा खुल्ला तर्फ २ जनाको ठाउँमा १० प्रतिपष्र्धी मध्य राघव देवकोटा ४३८ र प्रमोद भण्डारी ३६० मत प्राप्त गरि बिजयी भए । अन्य ८ जना सफल हुन सकेनन् ।
दलित महिला तर्फ देविका नेपाली घिमिरे ६४१ मत प्राप्त गरि निर्वाचित हुँदा भूमा सुनारले २९० मत प्राप्त गरिन ।
पेशागत बिज्ञ तर्फ १ जनाको ठाउँमा ४ जना प्रतिष्पर्धी मध्य मोहन लम्साल ३८७ मत प्राप्त गरि निर्वाचित हुँदा अन्य तीन पराजित भए । प्रतिष्पर्धी अमरबहादुर खड्का २६९, मुकुन्द गौतम २१८ र भागवत रेग्मी १६४ मत प्राप्त गरे ।
अपाङ्ग तर्फ १ जनाको ठाउँमा तीन जना उम्मेदवार थिए । जस्मा गणेशबहादुर खत्री ३८१ मत प्राप्त गरि बिजयी भए ।
अल्प संख्यक तर्फ अमान उल्ला अन्सारी (अमन) ५८७ मत प्राप्त गरि बिजयी हुँदा प्रतिष्पर्धी ऋषिराज लहरे (अरुण) ले ४७२ मत प्राप्त गरेका थिए ।
त्यस्तै दलित तर्फ मोहन सुनार ५५८ मत प्राप्त गरि बिजयी हुँदा खेमराज बिक सेन्चुरी ३१४ र चेतबहादुर सेर्पाइली १९१ मत प्राप्त गरे ।
शहिद परिवार बाट नबीन योगी ६४६ मत प्राप्त गरि निर्वाचित भए । नबीनका बुवा तारानाथ योगीलाई तत्कालिन माओबादीले बुवाको किरिया बसेकै बेला बन्धक बनाई गोली प्रहार गरि हत्या गरेका थिए । शहिद परिवारका भेषराज डाँगीले १६८, सुशिल आचार्य द्धन्द प्रभावित ११९ र टोपेन्द्रराज रेग्मी (तन्नेरी) प्रजातन्त्र सेनानीले ११८ मत प्राप्त गरेका थिए ।
समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि थारु (महिला) चेतना चौधरी ५३६ मत प्राप्त गरि बिजयी भइन । उनकी प्रतिष्पर्धी केउलापति चौधरी (कल्पना) ले ४०५ मत प्राप्त गरिन ।
त्यस्तै प्रत्यक्ष तर्फ महिला ४ जनाको ठाउँमा १० जनाका बीचमा प्रतिष्पर्धा भएको थियो । ती मध्य सुष्मा लामिछाने गिरीले सबै भन्दा बढी ६४६ मत प्राप्त गरिन । बिजयी हुने मध्य देवा डाँगीले ५७५, सुष्मा चन्द ५०६ र पार्वती पुन ४५८ मत प्राप्त गरि बिजयी भइन । दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्का ७ मतान्तरले पराजित हुन पुगिन ।
समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि दलितमा जोगेन्द्रबहादुर सुनार (बिक) ३९८ मत प्राप्त गरि निर्वाचित हुँदा अन्य तीन जना प्रतिष्पर्धी पराजित भए ।
समानुपातिक तर्फ आदिबादी जनजाति जैबहादुर घर्ती मगर ६०० मत प्राप्त गरि बिजयी हुँदा प्रतिष्पर्धी बशन्तकुमार खङ्गीले ३८६ मत प्राप्त गरे ।
दाङ क्षेत्र नं. ३ को सभापतिमा खिमबहादुर वली निर्वाचित हुँदा (क) को सभापतिमा तेजबहादुर डाँगी र (ख) को सभापतिमा दंगीशरण गाउँपालिका अध्यक्षसमेत रहेका शम्भु गिरी निर्वाचित भएका थिए ।
