२०८३ असोज १४ गते बुधवार

डिल्लीबहादुर चौधरी काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


तुलसीपुर, असोज १४ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दाङ क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दाङको क्षेत्र नं. ३ बाट उनी सर्वसम्मत निर्वाचित भएको दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत संजय केसीले जानकारी दिए ।
उनी थारु कलष्टर बाट उम्मेदवार थिए । एक जना चुनिनु पर्नेमा त्यसमा युवाहरु यादव चौधरी र केशव चौधरी गरि तीन जनाको उम्मेदवारी परेको थियो ।
तर, अन्तिममा आएर ती दुबै जना युवाले डिल्लीबहादुरलाई समर्थन गर्दै आ–आफ्नो उम्मेदवारी झिकेका थिए । त्यसपछि डिल्लीबहादुर सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने वातावरण वनेको हो ।
यसअघिका पार्टीका हरेक निर्वाचनहरुमा पनि उनी यसैगरि सर्वसम्मत निर्वाचित हुँदै आएका नेता हुन ।
काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका डिल्लीबहादुर आफ्नो समुदायका साथै पार्टी पंक्तिमा लोकप्रिय नेता मानिन्छन् ।

अधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को संघीय सचिवमा बिमल पौडेल सर्बसम्मत निर्वाचित भएका छन् । बिगतमा संचारककर्म र हाल ब्यबसायमा संलग्न देबिराम कुसारी र बिमल गौतमले उम्मेदवारी झिकेपछि पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । पौडेल यसअघि सुरेश हमाल नेतृत्वको तुलसीपुर उपमहानगरपालिका नगरसमितिमा सचिवको जिम्मेवारीमा थिए ।

पेशाले उनी अटोमोवाइल्सका ब्यबसायी हुन ।
त्यस्तै प्रदेश महाधिबेशन प्रतिनिधिमा जनजाति कलष्टरबाट कमल घर्ती सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि नेपाल तरुण दल तुलसीपुरका अध्यक्ष थिए । उनको ठाउँमा कसैको पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन ।
निर्वाचन अधिकृत केसीका अनुसार प्रदेश तर्फ अन्य केही ब्यक्तिहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *