२०७८ माघ १० गते सोमवार

मानवसेवामा रमाईरहेकी मुना लामा


मुना २६ बर्षकी युवती हुन्। उनको जन्मस्थान नुवाकोट भएपनि बाबु आमाको काखमा लुटपुट गर्दै हेटौँडा उपमहानगरपालिकाको पदमपोखरीमा हुर्कन पुगिन।उनको बाल्यकाय सुखद तरिकाले नै बित्यो। मुना सानोमा अति सुन्दर र चन्चले स्वाभावकी थिईन्।पढाईमा मुना सानै देखि अबल थिईन।बाह्र कक्षा पास गरेसकै मुना अब के गर्ने, कुन विषमा पढ्ने भनेर सोचिरहन थिईन्।उनको सानै देखि भविष्यमा गएर समाजसेवि बन्ने ईच्छा थियो। प्लस टु को परिक्षा सक्काएर विभिन्न तालिमहरु लिदै गर्दा सात दिनको ज्ञान हस्तान्तरण कार्यक्रममा बस्न अवसर प्राप्त गरिन मुनाले।

उनले मानवसेवा आश्रमका बारेमा पहिलो पटक त्यहिँ कार्यक्रममा केहि कुरा जान्ने मौका पाईन्।त्यो कार्यक्रम विशेष त युवाहरुलाई मात्र केन्द्रित गरेर राखिएको कार्यक्रम थियो।कार्यक्रममा आफ्नो व्यक्तिगत ईच्छा भन्दा पनि साथिको साथको लागि त्यहाँ पुगेको मुना बताउँछिन्।

आफ्नो परिचय समेत खुलाउन नसक्ने मानसिक सन्तुलन गुमाएर सडकका गल्लिमा जिवन बिताईरहेकी सडकमै बलात्कृत र गर्भवती दिदिको कोखबाट आश्रमा जन्म लिएकी पहिलो छोरी खुशीको बारेमा थाहा पाएपछि मानव सेवामा लाग्न प्ररित भएको मुना बताँउछिन्।

मुना मानवसेवा आश्रम मानवता प्रवर्द्धन महाअभियानमा समर्पित एक उर्जाशिल अभियान्ता हुन।उनि अहिले मानवसेवा आश्रम बाल शाखा कार्यालय गोरखाकी जिल्ला संयोजक हुन्।शुरुशुरुका दिनमा मानवसेवामा लाग्न मुनालाई त्यति सजिलो थिएन।घर नजिकैका बिहे ब्रतबन्धमा पनि मुनालाई जान कठिनाई हुन्थ्यो।पारिवारिक नियम कडा भएकै कारण उनका लागी मानव सेवा चुनौतिपुर्ण नै रह्यो।

आमा बन्नका लागि आफ्नै कोखबाट बच्चा जन्माउनु पर्छ भन्ने छैन कर्मले नै आमा बनाउँदो रहेछ आश्रममा मलाई बाबुनानिहरुले मामु भनेर बोलाएको सुन्दा आफुलाई आन्नद मिल्ने मुना मुसुक्क मुसकुराउँदै बताँउछिन्।

थुप्रै बाबुनानिहरुको आमा बनेर निस्वार्ध सेवामा खटिरहँदा उनि सन्तुष्ट छिन्। गाउँ, टोल, समाज र छिमेकीले आफुप्रति गरेको माया, स्नेह, सदभाव नै उनिले आज सम्म कमाएको अनमोल धन हो जो पैसामा कहिल्यै तुलना गर्न सकिदैन।लाखौं करौडौ सम्पतिबाट मिल्ने खुशी त केवल क्षनिक हो मानव सेवाबाट मिल्ने खुशी त अन्नत छ र यहि खुशीबाट आफु सन्तुष्ट रहने मुनाको बुझाई छ।भनिन्छ नि सदकर्म नै मनुष्यको सच्चा साथि हो जस्ले मृत्यु पश्चात पनि हामिलाई साथ दिन्छ।यसरी अरुको सेवा त भाग्यमानि व्यक्तिले मात्र गर्न पाउँछ जुन सेवा आफुले गर्न पाउँदा मुनाले आफुलाई धेरै भाग्यमानि ठान्ने गर्दछिन्।

मुनाले आश्रममा साना साना बाबुनानिहरुलाई नुहाईदिने, तेल लगाएर मालिस गर्ने र वृद्धा आमा बुवाको कपाल पनि काटिदिने गर्छिन।साना नानिबाबुको स्हार सुसारका निम्ति भोक प्यास निद्रा नभनि अहोरात्र खटिरहन्छिन् मुना।उनिहरुलाई स्कुल जान तयार गर्ने स्कुल छोड्न र ल्याउन जाने काम मुनाले नै गर्छिन्। एकैछिन कतै आश्रमको कामले हिड्दा पनि कलिला नानि बाबुहरुले मामु कता जानु भयो होला भनेर मुनालाई सम्झिन्छन् र आतिहाल्छन्।मुना बाबुनानिहरुका लागी आफ्नै आश्रम भवन होस् भन्ने चाहान्छिन्।

मुना भन्छिन मानव मरणशिल छ।रिस लोप माया घमण्ड अंहकार मानवमै छ।समाज र राष्ट्रको लागि हरेक युवाले आफ्नो तर्फबाट योगदान पुर्याउनु उसको दायित्व हो।हामीले हजारौं जन्म अन्य प्राणीको लियौं भने मात्र मनुष्य भएर जन्म लिन पाउछौं त्यसैले अमुल्य जिवनलाई सार्थक बनाउन आफु र आफ्नो परिवार मात्र नभई गाउँ, समाज र राष्ट्रका निम्ती आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो गर्नुपर्छ।यो मलमल मै जिवनलाई अलमलमा नबनाउँ, मरे पछिको स्वर्गको परिकल्पना होईन बाचुन्जेल यस धर्तिलाई स्वर्ग बनाउ प्रति प्रश्न गर्दै भन्छिन् मुना ।

यो संस्थालाई निस्वार्थ रुपमा पुरा समय सेवा गर्नुपर्छ भनेर ७ दिनको ज्ञान हस्तानतरण कार्यक्रममा बसिसकेपछि मुनालाई अनुभुति भयो।त्यसपछि पुरै समय नै समर्पित भएर सेवामा लाग्न ईच्छा जाग्यो।घरमा सल्लाह गरेर सेवामा समर्पित हुन्छु भन्दा कसैले मान्नु भएन।कसैबाट सहयोग पाउने अपेक्षा नभईसकेपछि ५ दिनको कार्यक्रममा भाग लिन जादैछु भन्ने झुटो कुरा बोलेर आश्रम प्रवेश गरिन।केहि समयमै ५ दिनको बसाई पनि सकियो।त्यसपछि विभिन्न बहाना बनाएर सेवामा लागेको उनको ७ बर्ष बितेछ।जहाँ ईच्छा त्यहाँ उपाय भनेझैं उनको मानव सेवा गर्ने ईच्छा जति नै बाधा कठिनाई आएपनि रोक्न भने सकेन।

अचेल परिवारका सदस्यहरु मुनाको मानवसेवा देखेर खुसि हुनुहुन्छ।मुना बाचुन्जेल मानवसेवामा समर्पित हुने र सेवाबाट टाढाँ जान नसक्ने कुरा बताँउछिन्।साच्चै फुलको कोपिला अनि बिरुवाको मुना जस्तै छिन् मुना लामा।कोपिला बाट फुल फुलेर जसरि चारैतिर सुगन्धित तुल्याउँछ मुना त्यहीँ कोपिला हुन जसले मानवसेवाको निस्वार्थ सुगन्ध फैलाईरहेकी छिन्।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *