२०८१ माघ १२ गते शनिवार

थोपा सिंचाइ : किसानलाई अत्यावश्यक प्रविधि


नेपाल एक कृषि प्रधान देश हो । यहाँका करिब ६६ प्रतिशत किसान विहान वेलुकाको छाक टार्न कृषिमा निर्भर छन् । देशको राजनितिकअस्थिरता, असमान भौगोलिक बनावट, दक्ष जनशक्ति अवसरको खोजिमा विदेश पलायन ,जलवायु परिवर्तन जस्ता समस्याले गर्दा नेपालको कृषि क्षेत्रमाआधुनिकिकरण र व्यावसायिकरण हुन सकेको छैन । किसान माझ पुग्नुपर्ने उन्नत प्रविधिहरु नपुगेकै कारण उत्पादन लागत बढी हुनको साथै गुणस्तरहीन उत्पादन भैरहेको छ । यसै सन्दर्भमा गुणस्तरीय उत्पादनका लागि किसान माझ छिट्टै पुर्याउनुपर्ने थोपा सिचाइ प्रविधिको बारेमा केहि चर्चा गर्ने जमर्को गरेको छु ।

विश्वमा थोपा सिचाइ प्रविधिको बिकास सर्वप्रथम सन् १९६० मा इजरालका सिम्का ब्लास्ट नामक कृषि वैज्ञानिकले गरेका हुन । विश्वको कृषि क्षेत्रलाई आधुनिक बाटोमा डो¥याने उदेश्यले थोेपा सिचाइको पहिलो प्रयोग इजरायलले गरेको थियो । त्यही प्रविधिलाई अनुसरण गर्दै हाल नेपालमा पनि शलोम एग्रीकल्चर, नेपाल थोपा सिचाइ, शितल थोपा सिचाइ जस्ता नीजि सँस्थाहरुले र नेपाल सरकारले थोपा सिचाई प्रविधि किसानलाई हस्तान्तरण गरिरहेका छन् । सुक्ष्म सिंचाइका विभिन्न प्रकारहरू मध्ये थोरै पानीबाट धेरै ठाउँमा(ठुलो क्षेत्रफलमा) सिंचाइ गर्नको लागि प्रयोग गरिने सरल, भरपर्दो र वैज्ञानिक सिंचाइको तरिका नै थोपा सिंचाई हो ।

थोपा सिंचाइ प्रयोग गर्न सुरुको लागत अलि बढि भएपनि तत्पश्चात सिंचाइको लागि हुने खर्च धेरै हद सम्म न्युनीकरण गर्न सकिन्छ । धेरै कृषक र कृषि क्षेत्रका सम्बन्धीत ग्रामिण भेगका मानिसहरूमा थोपा सिंचाइ मंहगो सिंचाइ प्रणाली हो भन्ने मानसिकता रहेको पाइन्छ । सानो क्षेत्रमा सिंचाइ गर्नका लागि केहि बर्ष अगाडी देखि नै ४ लाइन, ६ लाइन सम्म सञ्चालनगर्न सकिने थोपा सेट बजारमा आइसकेको छ । व्यवसायिक खेतिमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउन देखि उत्पादन लागत घटाउन समेत थोपा सिंचाइको महत्वपूर्ण योगदान हुन्छ ।थोपा सिचाइ प्रत्येक विरुवाको फेदमा पानीको थोपाथोपा झारेर सिचाई गरिने प्रविधि हो ।

यो प्रविधिमा प्लाष्टिक पाइपबाट प्रत्येक विरुवाको फेदमा पानीलाई थोपाको रुपमा पठाउने भएकोले पानीथोरै हुने क्षेत्रमा वर्षाको पानी सँङकलन गरी थोपाको माध्यमबाट पनि पठाउने गरिन्छ । अहिलेको अवस्थामा थोपा सिचाइ प्रविधि एक तिहाइ किसान माझपनि नपुगेको आकलन गरिन्छ ।

थोपा सिंचाइबाट किसानलाई हुने फाइदाहरूः
क. पानीको बचतथोपा सिंचाइमा पानिलाई विरुवाको फेदसम्मथोपाको रुपमा पठाइने हुदाथोरै पानिबाट पनि बढि क्षेत्रफलमा सिंचाइगर्न सकिन्छ । सिंचाइका अरु विधिहरूमा सिधै विरुवाको जरा क्षेत्रमापानीको मात्रा नपुग्ने कारणले गर्दा पानीको मात्रा बढि चाहिन्छ । थोरै पानीको मात्राले पनि सिंचाइगर्न सकिने हुनाले यो प्रविधि कमपानीहुने क्षेत्रमापनि बढि उपयोगीभएको छ । यसले गर्दा पानीको समुचितप्रयोग र बचतमा सहयोग पुग्दछ ।उखु बालिमा थोपा सिचाइको प्रयोगले ४०˗४५५ सम्म पानीको बचत भएको अनुभब किसानहरुको छ ।

ख. Fertigation and Chemigation थोपा सिंचाइको अर्को महत्वपूर्ण पाटो मलखाद व्यबस्थापनमा सरलता पनि हो । यसमा पानी जम्मागर्ने ट्याङ्कीमा पानीमा घुलनशील हुन सक्ने मलहरूलाई घोली पानीसङ्गै विरुवाको फेदमा पठाउन सकिन्छ । जसलाई प्राविधिक भाषामा Fertigation भनिन्छ । यसरी विषादिहरूलाई पनि थोपामार्फत पठाउन सकिन्छ, जसलाई प्राविधिक भाषामा Chemigation भनिन्छ । यसरीविषादिलाई पानीसङ्गै थोपाको माध्यमबाट पठाउदा धेरै  फाइदाहरू हुने गर्दछन्ः

मित्रजिवको सुरक्षा˗हामीले धेरै हदसम्म जराक्षेत्रबाट विषादि पठाउँदा मित्रजिवहरूको सुरक्षागर्न सकिन्छ । जस्तै लाहीको लागिबिषादि छर्दा वा स्प्रे गर्दा स्त्री स्वभावको खपटे पनि मर्छ तर यहिबिषदि जरा क्षेत्रबाट पठाउने हो भने यस्ता धेरै मित्रजिवहरूको सुरक्षागर्न सकिन्छ ।
यसरी बिषादिप्रयोग गर्दा खानयोग्यभाग (फल,फूल) मासिधै नपर्ने हुनाले केहीहदसम्म स्वस्थउत्पादनलिन सकिन्छ ।
बिषादि स्प्रे गर्दा मानिसलाई हुने विभिन्नशारीरिक असरहरू जस्तै; छालाको एलर्जी, बमिटिङ, टाउको दुखाइ आदिबाटपनिउन्मुक्तिपाउन सकिन्छ ।

ग.समय र लागतको बचतः
थोपा सिंचाइमा मलखाद, बिषादि थोपाकै माध्यमबाट पानीसङ्गै पठाइन्छ साथै थोपा सिंचाइ प्रयोग गरेको ठाउँमा झारपातको समेत प्रकोप कमहुने हुँदा सिंचाइ, मलखाद, बिषादि व्यवस्थापनमा लाग्ने खर्च न्युनीकरण हुन्छ र समयको पनि बचत हुन्छ । यसले गर्दा उत्पादन लागत घटाई मुनाफा बढाउन समेत सहयोग पुग्दछ ।

घ. बिरुवाको जरा क्षेत्रमा हुने अनावश्यक तनाब कम हुन्छः
सिचाइका विभिन्न विधिहरूले माटोको सतहमा कडापन ( Hard surface pan) सिर्जना गरी Infiltration माटोको सतहबाट बिरुवाको जरा क्षेत्रमापानीजाने प्रक्रिया ) र Aeration (माटोमाहुने हावाको आवतजावत) को दर घट्न गइ जरा क्षेत्रमा अनावश्यक तनाव उत्पन्न गराउँदछन्, तर थोपा सिंचाइमा प्रत्येक बिरुवाको फेदमा थोपाको माध्यमबाट पानी दिइने हुनाले जरा क्षेत्रमा हुने अनावाश्यक तनाव कमगर्न सकिन्छ ।

ङ. वातावरण मैत्री प्रविधि थोपा सिचाइमा वातावरण प्रदुषणलाइ सघाउ पुराउने क्रियाकलापहरु ज्यादै कम हुन्छन। यसमा मलखाद र विषादि समेत थोपा कै माध्यमबाट पठाइने हुदा यसलाई वातावरण मैत्री प्रविधिको रुपमा समेत लिने गरिन्छ ।

च. समान बृद्धि विकास र समान गुणस्तर थोपासिचाइमा सबै बिरुवाहरुमा पानी साथै मलखाद समान वितरण हुने हुदा सबै विरुवाहरुको बृद्धि र विकास समान हुन्छ र उत्पादनमा पनि समान गुणस्तर कायम हुन्छ। जसले गर्दा बजार मुल्यमा थोरै वृद्धि हुनुका साथै ग्राहकहरुको मागपनि बढ्न जान्छ।

छ. युवाआकर्षण थोपा सिचाइको प्रयोग कम झन्झटिलो, सरल साथै वैज्ञानिक हुने हुदा पछिल्लो समयमा युवाहरुको कृषिप्रतिको आकर्षण वढ्दो छ। जसले कृषि क्षेत्रलाई व्यावसायिक, उत्पादनमुखी र स्वरोजगारको क्षेत्रको रुपमा विकसित गर्नमा समेत ठूलो भुमिकानिर्वाह गरेको छ ।
उपयुक्त बालीहरु
थोपासिचाइ विशेष गरी लाइनमा रोप्न मिल्ने वा रोपिने वालीहरु जस्तै तरकारी, फलफूलआदिको लागि उपयुक्त मानिन्छ । सुरुको लागतअलिकति बढी हूने भएकोले सामान्यतया High Value Cropsx हरुको लागि यसको प्रभाबकारीता बढी हुने गर्दछ । हाल थोपासिचाइको प्रयोग तरकारी, फलफूल सङ्गसङ्गै जडीबुटी र उखु लगायतका नगदे बालीमा समेत गर्न थालिएको छ । अन्तमा ,थोपासिचाई प्रबिधि छिटो भन्दा छिटो किसानमाझ पुह्याउन सरकारी ,गैरसरकारी ,विधार्थी, पत्रकार सबैले आ—आफ्नो क्षेत्रबाट पहल गरी किसानले झेलिरहेका समस्या न्यूनिकरणमा सहयोग गरौ । जसले गर्दा किसानले गुणस्तरीय कृषिवस्तु सहजताका साथ उत्पादन गरी बजारसमक्ष पु¥याउन सकुन ।

सुवास वाबु घिमिरे
कृषि प्राविधिक

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *