२०८२ मङ्सिर २३ गते मङ्गलवार

सेल्फी खिच्ने क्रममा एक युवतीको नदिमा खसेर मृत्यु


काठमाडौं, साउन ११। तामाकोसी नदीको किनारमा सेल्फी खिच्न गएकी एक युवतीको तामाकोसी नदीले बगाएर मृत्यु भएको छ । भक्तपुर कमल विनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको मृत्यु भएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भीमेश्वर मन्दिर दर्शन गर्न जाँदै थिइन् ।

लिखु–तामाकोसी गाउँपालिका–७ तिल्पुङको हेलेदे भन्ने स्थानमा तामाकोसी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा उनले लगाएको चप्पल चिप्लिएर तामाकोसी नदीमा खसेकी थिइन् ।

उनलाई नदीले बगाएर १ किलोमिटर पर पुर्याएको थियो। नदीमा युवती बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *