२०८३ जेष्ठ ३१ गते आइतवार

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्ष चयन

तस्बिर : गणेश ओलीको फेसबुकबाट

दाङ,साउन १० । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन्।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा प्राध्यापन गर्दै आएका छन् । उनी गणित विभाग प्रमुख हुन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो।

प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ।

समितिको सिफारिशको आधारमा प्रदेश लोकसेवा आयोगको अध्यक्षलाई प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा छ। अब छिट्टै प्रदेश लोकसेवा आयोगले पूर्णता पाउने आशा गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *