२०८१ बैशाख ७ गते शुक्रवार

भवानी दिदी भ्रममा नपर्नुस्


दाङ, साउन १० ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवना राणालाई सम्झाउन खोज्दै मार्मिक पत्र लेखेका छन् । त्यो पत्रमा अध्यक्ष राणा पदको लालचमा पर्न लागेको हुँदा खबरदारी गरिएको छ । ‘हजुर भ्रममा नपर्न हाम्रो आग्रह छ ।

जुन पार्टीको सरकार भएपनि निजी क्षेत्रलाई हेर्ने नजर र गर्ने ब्यवहार समान छ’ रिजालले अगाडि भनेका छन् ‘त्यसैले नत यो सरकारले हजुरलाई अर्थ मन्त्री बनाउँछ, न त राजदूत र सांसद नै ? न त हजुरलाई राजनीतिको माध्यमबाट माथि पुग्न सहज होला ? त्यसैले हजुर भ्रममा नपर्नुस् ।’ महासंघको अभिभावक भएको नाताले ब्यवसायीहरुका पीडा राख्ने कोसिस मात्र गरेको उल्लेख गर्दै व्यवसायी रिजालले सरकारसँगको वार्तामा बस्ने अग्रजहरु व्यवसायिक हितका पक्षमा गम्भीर ध्यान जानुपर्ने उल्लेख गरेका छन् ।

‘यदि ब्यवसायीको पक्षमा सुनुवाई हँुदैन भने वार्ताको कुनै अर्थ रहदैन । वार्ता छोडेर आन्दोलनको घोषणा गरांै,’ रिजालले भनेका छन् । निजी क्षेत्रले धेरै कुरा सहदै आएको हुँदा आगामी दिनहरुमा यस्तैखाले ब्यवहार दोहरिरहने हो भने निजी क्षेत्र राजा खोज्न बाध्य हुने चेतावनी रिजालले दिएका छन् । ‘त्यो पनि विप्लव राजा’ प्रतिष्ठित व्यवसायी रिजालले भनेका छन् ।

पत्रमा साउन १ गतेदेखि सरकारद्वारा लागू गरिएको भिसिटीएस प्रणाली क्रमशः लागू गर्नुपर्ने माग गरिएको छ । नेपालको भौगोलिक वनावट हाम्रो जनशक्ति, साधनस्रोत, दक्षता र स्तरलाई ख्याल गरी लागू गर्नुपर्ने रिजालले माग गरेका छन् ।

रिजालले लेखेको पत्रको पूर्णपाठ

नेपाल सरकारले आर्थिक ऐन २०७६ बाट २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी ल्याएको भिसिटीएस र पान नम्वरलगायतका समस्याहरुमा हजुरले नेतृत्व गर्नुभएको हाम्रो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारका प्रतिनिधिबीच भइरहेको बार्ता र छलफलको सबै पक्षबाट स्वागत भएको छ । अहिलेसम्म जे जति पहल हजुरहरुबाट भएको छ, त्यसको उच्च मूल्याङ्कन पनि भएको छ ।

हिजोसम्म भएका छलफल र वार्ताका बुँदाहरु हेर्दा आम ब्यवसायीहरु चिन्तित र गम्भीर छन् । खासगरी जिल्ला नगरको सवालमा हाम्रा प्रतिनिधिज्यूहरुले नबुझेको हो वा गम्भीर नभएको हो ? यदि ती छलफलका बुँदाहरुमा अक्षरस सहमति भयो भने त्यो ठूलो दुर्भाग्य हुनेछ दिदी । वास्तवमा हामी ब्यवसायीहरु एकजुट हुन नसक्नुको असर अब विस्तारै देखिदै छ ।

सबै पद र कुर्सीको मोहले संघ र संगठन खोल्ने र विस्तार गर्ने होडबाजीमा लाग्यौँ । महासंघको भूमिका पनि चित्त बुझाउने खाले हुन सकेनन् । केन्द्रमा प्रतिनिधित्व गर्ने साथीहरुको भूमिका पनि वरिपरी मात्र भयो । रहर पूरा गर्ने थलोको रुपमा महासंघलाई प्रयोग गरियो । कर्मकै फल मिल्दैछ दिदी हामीलाई । हामी कानुन पालना गर्ने वर्ग हांै । कर तिर्नुपर्छ भन्ने पक्षमा छौँ हामी ।

‘समृद्ध नेपाल सुखी नेपाली’ हाम्रो सपना हो । खाली कर, राजस्व र भन्सार प्रणाली सरल र सहज हुनुपर्छ भन्ने हाम्रो भनाई हो । अहिले लागू हुने भिसिटीएस प्रणाली क्रमशः लागू हुनुपर्छ । नेपालको भौगोलिक बनावट हाम्रो जनशक्ति, साधनस्रोत, दक्षता र स्तरलाई ख्याल गरी लागू हुनुपर्छ । सबैखाले ब्यापार गर्ने ब्यवसायीहरुलाई समान माया गर्नुपर्छ ।

जिल्ला नगर, वस्तुगत, एसोसिएट र द्विराष्ट्रियमा आवद्ध सदस्यहरुलाई । दिदी, हजुरले लामो समयदेखि महासंघमा आवद्ध भइ धेरै सेवा गर्नुभयो । अनि नेपालको इतिहासमा सर्वसहमतिमा पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभयो । हजुरको लगनी धेरै छ निजी क्षेत्रमा । हामी ऋणी छौँ । मैले हजुरलाई सिकाउनु पर्ने त होइन । तर आज आम ब्यवसायीहरुको आवाज, अपेक्षा र गुनासो जस्ताको तस्तै पुराउने काम मात्र गर्दैछु । बाहिर अनेक कुराहरुले बजार तातेको छ ।

हजुरलाई धेरै प्रस्तावहरु आउने गर्छ रे ! तर, हजुर भ्रममा नपर्न हाम्रो आग्रह छ । जुन पार्टीको सरकार भएपनि निजी क्षेत्रलाई हेर्ने नजर र गर्ने ब्यवहार समान छ । त्यसैले न त यो सरकारले हजुरलाई अर्थमन्त्री बनाउँछ, न त राजदूत र सांसद नै ? न त हजुरलाई राजनीतिको माध्यमबाट माथि पुग्न सहज होला ? त्यसैले हजुर भ्रममा नपर्नुस् ।

हजुरलाई महासंघले यो ठाउँसम्म पुग्न सहयोग गरेकोले अब अगाडि पनि निजी क्षेत्रकै सहयोग लिएर अगाडि बढ्न हाम्रो सुझाव छ हजुरलाई । विश्वमै उत्कृष्ट र जटिल मानिएको कर प्रणाली नेपालजस्तो मुलुकमा हतार–हतार लागू गर्नु कत्तिको जायज हुन्छ ? निजी क्षेत्रले धेरै कुरा सहदै आएका छन् । आगामी दिनहरुमा यस्तैखाले ब्यवहार दोहरिरहने हो भने निजी क्षेत्र राजा खोज्न बाध्य हुनेछ । त्यो पनि विप्लव राजा ।

अन्त्यमा,

दिदी हजुर महासंघको अभिभावक भएको नाताले हजुरलाई सम्बोधन गरेर ब्यवसायीहरुका पीडा राख्ने कोसिस मात्र गरेको हुँ । हजुरलगायत वार्तामा बस्ने अग्रजहरुको गम्भीर ध्यान जावस् । यदि ब्यवसायीको पक्षमा सुनुवाई हुँदैन भने वार्ताको कुनै अर्थ रहदैन । वार्ता छोडेर आन्दोलनको घोषणा गरौँ ।

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Tara bahadur dangi says:

    धेरै असल कुरा गर्नु भयाे यश मा म पनि सहमत छु

  2. ज्ञानेन्द्र प्रसाद श्रेष्ठ says:

    बिमल रिजाल सर लाई साधुबाद ।
    दिदीलाई बुँदागत रुपमा सरकार सँग बार्तामा बस्दा टेबल गर्ने समस्याहरु पनि उल्लेख गरिदिदा अझ सुनमा सुगन्ध हुने थियो ।

  3. आनन्द मारू says:

    बिमल जी लाई साधुवाद छ।समय सार्थक कुरा राख्नु भयेको छ।

  4. Tulsi ram neupane says:

    Bimal rijal sir jai hos yo janata ko aawaz ko lagi bhawani ji le pani yo lekh aawasya hernu vayo hola….bhawani ji yo bimal ji ko matra hoina yo sampurna nepali haruko aawaz ho hekka rakhnu hola …………

  5. Pr sharma says:

    Vat lagaune bela pani yasai vathe… vat chalne ma ni business man…. shuru nagari kasari paripakkwa huncha.. ani byapari le paket bat kar tirne ho ra… value ma add hune vayera vat vo…. chori ko saman le real karobar garne business man musibat ma pareka hun.. yastai bichar le matra byapari ko hit huncha ta

Leave a Reply to Tara bahadur dangi Cancel reply

Your email address will not be published. Required fields are marked *