
तुलसीपुर, जेठ २० ।
तुलसीपुरका चार जना युवा ठूलो परिमानमा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ का २५ बर्षीय पबित्र डाँगी , सोही वडाका २६ बर्षीय गोबिन्द बुढा मगर, वडा नं. ७ का ३० बर्षीय कमल केसी र सोही वडाका २७ बर्षीय रिगल महतरा क्षेत्री पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता रेशम बोहराका अनुसार उनीहरुको साथबाट १० ग्राम १९० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो ।
तुलसीपुर –६ झुमरेमा लागुऔषध अबैध खरिद बिक्री भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिइ खान तलासी गर्ने क्रममा ठूला परिमानमा ब्राउन सुगर बरामद भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
प्रहरीका अनुसार उनीहरु १८ गते राति पौने १० बजेतिर पक्राउ परेका थिए । पक्राउ परेका ब्यक्तिहरुले प्रयोग गर्ने ८ थान मोवाइल र तीन हजार आठ सय ४५ रुपैैंयापनि बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जना बिरुद्ध जिल्ला अदालत बाट म्याद थप भइ आगुऔषध शिर्षकमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
