दाङ,साउन ९ । दाङको देउखुरीमा एकजना सुस्त मनस्थितिकी १५ बर्षीया बालिकाले बच्चा जन्माएकी छन् । राजपुर गाउँपालिका वडा नं. ४ निवासी ती बालिकाले ९ दिन पहिले घरमै छोरीलाई जन्म दिएकी हुन । ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक गिरिराज भण्डारीले त्यो जानकारी दिए । विहीवार मात्रै आफुले नवजात सिशुको लागि एउटा बल्याँङकेट र लत्ता कपडा किनेर दिएको भण्डारीले फरकोणलाई फोनमा जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले सुस्त मनस्थितिकी ती बालिकालाई जवरजस्ती बालात्कार गरेको आशंकामा विहीवार मात्रै राजपुरका एकजना व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘आज मात्रै हामीले एकजनालाई नियन्त्रणमा लिएका छौं,’एसपी पाण्डेले भने ‘पीडित बालिका र अन्य गाउँहरुको बयानका आधारमा पक्राउ गरिएका हो।’ पक्राउ परेका व्यक्तिको नाम भने अझैं प्रहरीले खुलाउन चाहेको छैन ।
पक्राउ परेका व्यक्तिवारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्ति पीडित बालिकाको गाउँकै रहेको पनि प्रहरीले जानकारी दिएको छ ।