दाङ,साउन ७ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस विघठन गरिएको छ । नेविसंघका जिल्ला सभापति राजकुमार डाँगीले मंगलवार एक प्रेस विज्ञप्ति मार्फत उक्त जानकारी दिएका छन् । संगठनमा केही असमाञ्जस्य विषय बस्तुले प्रसय पाईरहेकोले उक्त असहज, उच्छृङखल र वैमनस्यताको वातावरण अन्त्यगर्न विघटन गर्नु परेको सभापति डाँगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘राप्ती बबई क्याम्पसका विभिन्न ओहोदा र आश्थामा रहेका साथीहरुले बारम्वार संगठनको आस्था र विधि विपरित गलत क्रियाकलाप गर्ने गरेकाले साउन ७ गतेदेखि लागु हुने गरि क्याम्पस ईकाई समिति र उसका मातहतमा रहेका कुनैपनि उपसमितिहरु नरहने गरि ईकाइ विघटन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसका साथै संघलाई गतिसिल बनाई निकासको मार्ग तय गर्नको लागि संघका जिल्ला सदस्य निरज गिरीलाई जिम्मेवारी सहित कार्यसम्पादनको अधिकार प्रदान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
