२०८३ जेष्ठ ३१ गते आइतवार

नेकपा दाङको इञ्चार्जमा जीवन गौतम चयन


दाङ,साउन ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएको छ । आइतवार बसेको नेकपा २७औं सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएको हो । यसैबीच सहइञ्चार्जमा भने नौं जनालाई जिम्मेवारी सुम्पिएको छ ।

निर्वाचन जितेका मध्य प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी,प्रदेशसभा सदस्य इन्द्रजीत थारु, घोराहीका मेयर नरुलाल चौधरी सहइञ्चार्जमा परेका छन् । त्यस्तै नेकपा सचेतक तथा प्रनिनिधिसभा सदस्य (समानुपातिक) शान्ता चौधरी, प्रदेशसभा सदस्य (समानुपातिक) दामाकुमारी शर्मापनि सोही जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसमा इन्द्रजीत थारु, दामाकुमारी शर्मा,नारायणी शर्मा, निर्मल आचार्य,नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणी चौधरी, हेमराज शर्मा पोखरेल र शान्ता चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *