२०८३ बैशाख १२ गते शनिवार

उद्योग कलकारखाना वन्द गर्ने व्यवसायीको चेतावनी


शरद रेग्मी,
दाङ,साउन ५। नेपाल सरकारले साउन १ गतेबाट भिसिटिएस लागु गर्ने निर्णय गरे सँगै दाङका व्यवसायीहरुले आन्दोलन थालेका छन् । आफुहरु मारमा परेको, चर्को कर तिर्नुपरेको, तत्काल अनलाईन र वैंकिङ सिस्टममा जान नसक्ने भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

आन्दोलन कै कार्यक्रम अन्तरगत आज जिल्लाका सबै उद्योग बाणिज्य संघले जिल्ला प्रसासन कार्यालय मार्फत भिसिटिएसको खारेजीको माग गर्र्दै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रसासन पुगेको टोलीले जनताको आधारभुत आवश्यकतासँग जोडिएको खाद्यवस्तुमा समेत कर लगाइएकोप्रति असन्तुष्टि जनाए ।

यस्तै कामदारलाई बैंक मार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने, सबै कामदार तथा कर्मचारीको सामाजिक सुरक्षा योगदान रकम सामाजिक सुरक्षाकोषमा पठाउनुपर्ने जस्ता प्रावधान तत्काल लागु गर्न नसकिने उनीहरुको भनाई थियो । उनीहरुले सरकारले ल्याएको नयाँ प्रावधानलाई तत्काल खारेज गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्रीको कार्यालयलाई माग पत्र पठाएका हुन् ।

कार्यक्रममा बाेल्दै दाङ जिल्ला उधाेग बाणिज्य सङघका अध्यक्ष नारायण प्रसाद भुषालले अपरान्ह सरकार सङग हुन लागेकाे बार्ता सफल भएन भने अाफ्ना उधाेग धन्दा कलकारखाना सबै बन्दगर्ने चेतावनी दिए । ज्ञापनपत्र बुझाएर बाहिर निस्किए लगत्तै पत्रकारहरुसङग प्रतीक्रिया दिदै तुलसिपुर उधाेग बाणिज्य सङघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेले निजिक्षेत्र सङगकाे समन्वय बिना एकाएक ल्याईएकाे अनलाइन सिस्टमले ब्यबसायिहरुलाई अलमलमा परेकाे बताए ।

उनले सरकारले ब्यबसायिका समस्याबारे गम्भीरतापूर्वक नसाेचे अाफुहरु बाध्य भएर अान्दोलनकाे थालनि गर्ने बताए । यस अघि तुलसिपुर उधाेग बाणिज्य सङघले तुलसिपुरमा बिराेध र्यालि निकालेको थियो ।तुलसिपुर बजारका विभिन्न भागकाे परिक्रमा गरि उधाेगि ब्यबसायि सहितको टाेलि सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेकाे थियाे । साे अबसरमा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गाेबिन्द रिजालले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यलय पुगेका ढुवानी ब्यबसायिहरुलाई उहाले जिल्लामा सहज रुपमा मलकाे अापुर्तिका लागि चारहजार बाेरा ढुवानी गरिदिन समेत ट्रक ब्यबसायिहरुलाई अनुरोध गरेका थिए ।उनले भने मैले धेरै ठाउमा पहल गरेर दाङमा चारहजार बाेरा डिएपि मल ल्याउने बाताबरण श्रृजना गरेकाे छु अब ब्यबसायिहरुले सहयोग गर्नुपर्याे ” ।

साे अबसरमा ब्यबसायिहरुले महासङघ सङग छलफल गरेर जानकारी गराउने भनेपछि प्रमुख जिल्ला अधिकारी रिजालले ब्यबसायिहरुलाई फेरि भने तपाईहरुकाे अान्दोलन छ मलाई थाहा छ तर किसानहरु मल नपाएर समस्यामा छन तपाईंहरुकाे सामाजिक दायित्व पनि त छ नि ।”

मिडियाका साथिहरु मैले अाफ्नाे काम गरे अब किसानले मल पाएनन भने मलाई हैन ट्रक ब्यबसायिकै कारण मल नअाएकाे हाे लेख्दिनुपर्याे ।
साे अबसरमा ट्रक समितिका अध्यक्ष यादब शाहले अाफुले सक्दाे सहयोग गर्ने बताए । यता ढुवानी ब्यबसायिहरुले भाडा दरमा अग्रिम अाएकर र भ्याट लागु गरेकाे भन्दै देशभर अाफ्ना मालबाहक सवारी साधन ठप्प पारेका छन ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *