२०८३ जेष्ठ ३१ गते आइतवार

किसानलाई मल माग्दै काँग्रेसले ज्ञापन पत्र बुझायो


राजेश खत्री,
दाङ, साउन ५ । नेपाली काँग्रेस क्षेत्र नं. ४ दाङले किसानको लागि मल माग्दै स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख अन्नबाली धान खेतीको समयमा खेती गर्न आवश्यक रासायनिक मल किसानले नपाएको भन्दै काँग्रेसले तुलसीपुर उपमहानगरपालिकामा तत्काल किसानलाई मलको व्यवस्थापन गर्न मागगर्दै ज्ञापन पत्र बुझाएको हो ।

काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर खड्काको नेतृत्वमा ¥यालीसहित पुगेको एक टोलीले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन पुगेका किसान संघका क्षेत्रीय सभापति गणेश चौधरीले साउनको ५ गतेविति सक्दा समेत किसानले मलको अभावमा खेती गर्न नसकेको हुँदा तत्काल किसानको माग सम्वोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए । काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सचिव खिमबहादुर वलीले नारामा कृषिको सम्वृद्धिको कुरा गर्ने कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकारले किसानलाई खेतीको समयमा मल उपलब्ध गराउन कुनै चासो नदिनुले सरकार किसानको हकहितमा नभएको स्पष्ट भएको आरोप लगाए ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार चुर्लम्म भ्रष्टचारमा डुवेको बताए । ‘तलदेखि माथि सम्म जसरी हुन्छ कमाउनु पर्छ भन्ने मानसिकता देखिन्छ,’ खड्काले भने ‘त्यहि कमिसनको चक्करले किसानले समयमै मल नपाएका हुन।’

जनताका दैनिक समस्या र आवश्यक्ता समाधान गर्न नसक्ने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको खड्काले दाबी गरे । ‘आशा गरे अनुरुप दुई तिहाईको सरकारले चित्तबुझ्दो कुनैपनि कुरा डेलिभर गर्न सकेन,’ विद्यार्थी नेता खड्काले भने ‘खेतीको समयमा मल समेत दिन नसक्ने यो सरकारले कृर्षि क्रान्तिका कुरा गर्नु आँफैमा मजाग हो ।’ उनले सवत्र असन्तुष्टि चुलिएको हुँदा बलियो सरकारको औचित्य पुष्टि हुन नसकेको तर्क गरे । ¥यालीसहित ज्ञापन पत्र बुझाउन गएका काँग्रेसका नेता कार्यकर्ताहरुले तुलसीपुरको वीपी चोकमा पुगेर कोण सभा गरेका थिए । त्यहाँ सम्वोधन गर्ने बक्ताहरुले पनि तत्काल किसानलाई मल उपलब्ध गराउन माग गर्दै त्यसो नभए काँग्रेसले किसानको हकहितको लागि आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *