२०८३ बैशाख ३ गते बिहिवार

हावाहुरीले झारेको रुखको हाँगाले लागेर एकको घटनास्थलमै मृत्यु

दाङ, चैत १ । हावा हुरीले झारेको रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५ हाँसुका ५५ बर्षीय धनबहादुर खत्रीको आइतबार बेलुकी साढे ६ बजेतिर हावाहुरीले झारेको रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

मिस्त्रीसमेत रहेका खत्री पैदल घर तर्फ फर्किरहेको समयमा घर भन्दा करिब तीन सय मिटर टाढाको दुरीमा हावाहुरीले ढालेको ओखरको रुखको हाँगाले लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।


रुकुम पश्चिमका प्रहरी पबक्ता हरिप्रशाद पुनले खत्रीको शब पोष्टमार्टमका लागि अस्पताल तर्फ पठाइएको बताए ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *