
दाङ,साउन ४ । दाङको तुलसीपुरमा एकजना किशोरी ईनार भित्र मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी १५बर्षीया सम्झना बुढा ईनार भित्र मृत अवस्थामा फेला परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार गएराति सम्झना आफ्नी आमा विमा बुढा संगै एउटै कोठामा सुतेका थिए ।
तर शनिवार विहानै आमा जंगलमा गइन । आमा विहान ११ बजेतिर घर आएर खोज्दा छोरी फेला नपरेपछि खोज्ने क्रममा आफ्नै घरको ईनारमा मृत अवस्थामा फेला परेकी थिइन । घटनावारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार