दाङ, असार ३ । चोरीको मोटरसाईकलसहित नारायणपुरवाट एक युवा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी २० बर्षीय रमित केसी पक्राउ परेका छन् । केसीले नारायणपुर निवासी ३४ बर्षीय बलबहादुर बाँठाको रा ४ प ७२३४ नम्वरको १५० सिसीको मोटरसाईकल चोरेको प्रहरीले बताएको छ ।
केसीले मोटरसाईकल चोरी गरेर नम्वर परिवर्तन गरी लु ४२ प २००२ नम्बर बनाएका थिए । केसीले मोटरसाईलक आफ्नै घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार