२०८३ असार १ गते सोमवार

विकास निर्माण पहिलो प्राथमिकता – योगेन्द्र चौधरी

लमही, माघ १६ । नेपाली काँग्रेसका दाङ– १ का उम्मेदवार योगेन्द्र चौधरीले निर्वाचित भएपछि आँफुले समग्र देउखुरीको बिकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

राप्ती गाउँपालिका–५ बड्का सिसहनियाका मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा काँग्रेस सहमहामन्त्रीसमेत रहेका चौधरीले त्यस्तो बताएका हुन ।

उम्मेदवार चौधरीले स्थानीय बासिन्दाका समस्या र गुनासो सुन्दै विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए । उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सिंचाइ सुविधा थप प्रभावकारी बनाउने गरि आँफुले काम गर्ने बताए ।

चौधरीले राप्ती क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै कृषकलाई आधुनिक प्रविधि, तालिम र बजारको व्यवस्था गरिने प्रतिवद्धता जनाए ।

युवालाई लक्षित सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र साना उद्योग तथा उद्यमशिलता संचालनमा सहयोग पुग्ने योजनाहरु अघि सारिने उम्मेदवार चौधरीले बताएका थिए ।

त्यस्तै बाढी नियन्त्रण, नदी तटबन्ध निर्माण तथा ग्रामिण पूर्वाधार सुदृढीकरणमा विशेष पहल गर्ने उनले बताएका थिए ।

भेटघाट कार्यक्रममा स्थानीय मतदाताले सडक, रोजगार र स्वास्थ्य सेवासम्बन्धी समस्या रहेको हुँदा जितेपछि ती समस्या समाधान गर्न चौधरीलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *