२०८२ माघ २३ गते शुक्रवार

काँग्रेसले रोल्पामा युवा अर्थबिद वलीलाई उम्मेदवार बनायो

दाङ, माघ ५ । नेपाली कांग्रेसले रोल्पामा युवा अर्थबिदलाई उम्मेदवार बनाएको छ ।


रोल्पामा अर्थविद् डा. सुधनकुमार वलीलाई काँग्रेसले टिकट दिएको छ । ३३ बर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्यपनि हुन ।


वली काँग्रेस लुम्बिनी प्रदेशका सभापति र नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यको निकट मानिन्छन् । वली जिल्लाको परिवर्तन गाउँपालिका – ६ का बासिन्दा हुन ।

रोल्पामा नेपाली कम्युनिष्ट पार्टी बाट पूर्व अर्थमन्त्रीसमेत रहेका बर्षमान पुन उम्मेदवार छन् । जस्ले बिगतका निर्वाचनहरु जित्दै आएका छन् ।

नेकपा (एमाले) ले गोकुल घर्तीलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते प्रमुख रुपमा यी तीन जनाका बीचमा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *