२०८२ माघ २३ गते शुक्रवार

सल्यानमा रमेश मल्ललाई दियो नेकपाले टिकट

दाङ, माघ ५ । सल्यानमा नेपाली कम्युनिष्ट पार्टीले रमेश मल्ललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।

रमेश बिगमा पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयमा काम गरेका युवा हुन ।


उनै रमेशलाई नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनाएको हो ।
२०७९ मंसिर ४ को निर्वाचनमा सल्यानबाट नेकपा नेता प्रकाश ज्वाला निर्वाचित भएका थिए ।

पूर्वमन्त्री ज्वालाका साथै पूर्व मन्त्री टेकबहादुर बस्नेत लगाएतका नेताहरुलाई पछि पार्दै रमेशले प्रतिनिधिसभा सदस्य पदको टिकट पाउन सफल भएका हुन ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *