दाङ, माघ ५ । नेपाली काँग्रेसले सल्यान जिल्ला सभापति केशबहादुर बिष्टलाई टिकट दिएको छ ।
उनी यसअघि जिल्ला समन्वय समिति सल्यानका प्रमुख थिए । समन्वय प्रमुख पछि २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा भिडेका थिए । तर, उनी पराजित हुन पुगेका थिए ।
हालसम्म सल्यानमा ६ पार्टीका ६ उम्मेदवारको टुंगो लागि सकेको छ ।
नेपाल कांग्रेसका केशबहादुर विष्ट, नेकपा (एमाले) का गुलावजंग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, नेकपा (माओवादी)का – चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टीका – ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिसा नेपालीलाई उम्मेदवार बनाएका छन् ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार