२०८३ साउन २६ गते मङ्गलवार

रास्वापले दाङ ३ मा पुनः कमल सुबेदीलाई टिकट दियो

दाङ, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुन ः दाङ क्षेत्र नं. ३ मा कमल सुबेदीलाई मैदानमा उतारेको छ ।


२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाले सुवेदी नै उम्मेदवार बनाएको थियो । जतिखेर उनले १५,३३० मत प्राप्त गरि तृतिय स्थानमा आउन सफल भएका थिए ।


उतिखेर नेपाली काँग्रेसका दीपक गिरी ३६,९११ मत प्राप्त गरि निर्वाचित भएका थिए । अहिले पनि गिरीलाई काँग्रेसले पुनः टिकट दिने लगभग निश्चित जस्तै छ ।


२०७९ को निर्वाचनमा नेकपा (एमाले) की कोमल वलीले २९,०९२ मत प्राप्त गरेकी थिइन । यो पाली वली समानुपातिक सूचीमा परेकी छिन ।

अहिले दाङ क्षेत्र नं. ३ मा एमालेले घनश्याम पाण्डेलाई टिकट दिएको छ । पाण्डे अघिल्लो ३ (१) मा काँग्रेस नेता तथा लुम्बिनी प्रदेशका निबर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसंग पराजित भएका थिए ।


त्यो भन्दा पहिले पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर थिए । यहाँ नेपाली कम्युनिष्ट पार्टीले धनबहादुर मास्की (राजेश)लाई मैदानमा उतारेको छ ।

मास्की लुुम्बिनीका निबर्तमान अर्थमन्त्री हुन । उनी ३ (२) बाट निर्वाचित भएका थिए । जति खेर काँग्रेस र तत्कालिन माओबादीको चुनावी गठबन्धन थियो ।

काँग्रेसका गिरी, एमालेका पाण्डे, नेकपाका मास्की र राश्वपाका सुवेदीका बीचमा यो पटक रोचक प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

यद्यपी यहाँ डाक्टर किशोर खत्री लगाएत अन्य केहीले पनि स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *