दाङ, माघ ४ । नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा पक्षधरले निर्वाचन तालिका स्थगितको माग गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगले बिषेश महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टी सभापति बनेका गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।
त्यसको बिरुघमा देउपा पक्ष आइतबार सर्वौच्च अदालतमा पुगेर निर्वाचन आयोगका विरुद्धमा रिट दायर गरेको थियो ।
त्यसैले देउवा पक्ष सर्बौच्चमा दायर रिटको छिनोफानो नहुँदासम्म निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन माग गर्दै आयोग पुगेको हो ।
देउवा पक्षधरले कांग्रेसको संवैधानिक तथा कानुनी हक हनन् भएको,निर्वाचन आयोगले बदनीयतपूर्ण रुपमा तथा षडयन्त्रपूर्वक ढंगले कांग्रेसलाई निर्वाचनमा भाग लिन बाधा पुग्ने गरी निर्णय गरेको बताउँदै आएको छ ।
सर्बौच्चले देउवा पक्षधर काँग्रेसको यो रिटको पेश माघ ६ गते मंगलबारका दिन तोकेको छ । यही दिन नै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।
यो पक्षले यही कुरा उल्लेख गर्दै अदालतलाई पनि माघ ६ को उम्मेदवारी मनोनयतको मिती सार्न अनुरोध गरेको छ ।
देउवा समूहका नेता मीन विश्वकर्माले अदालतमा आयोगका विरुद्धमा रिट दर्ता भइ सकेको प्रमाण निर्वाचन आयोगमा पेश गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गर्न अनुरोध गरिएको बताए ।