
शरद रेग्मी,
तुलसीपुर, असार ३१ । तुलसीपुर उपमहानगरपालिकाले वृक्षारोपण गर्ने विभिन्न संघसंस्थालाई निशुल्क विरुवा वितरण गर्ने भएको छ । साउन महिनालाई वृक्षारोपणको महिनाका रुपमा उपमहानगरपालिकाले अगाडि वढाएको वताउँदै उनले वृक्षारोपण गर्न चाहने हरेक संघ संस्थालाई निशुल्क विरुवा वितरण गरिने वताए । ‘व्यक्तिले लिन चाहेमा ५० प्रतिशत छुट र संघसंस्थाका लागि निशुल्क वितरण गरेका छौ’ नगर प्रमुख पाण्डेले भने ।
तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा सञ्चालन गर्दै आएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुरको १ सय ५१ औ सरसफाई अभियानलाई सम्वोधन गर्दै उनले हरा र सफा नगर तुलसीपुरको पहिचानका रुपमा स्थापित गर्नका लागि अभियान सार्थक वन्दै गएको वताए । तुलसीपुरलाई हरियाली नगर वनाउने सबैको अभिभारा भएको भन्दै नगरवासीलाई दायित्ववोध गरेर काम गर्न आग्रह समेत गरे । वजार व्यवस्थापनको काम विस्तारै अगाडि वढेको वढाउँदै छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरले अन्तिम तयारी गरिरहेको समेत वताए ।

अभियानका क्रममा विभिन्न जातका ४० वटा विरुवाहरु रोपिएको थियो । विरुवाको व्यवस्थापन समाजसेवी टोपवहादुर महतराले गरेका थिए । सो अवसरमा वोल्दै वातावरण समिति संयोजक नवराज लामिछानेले अभियानका क्रममा साउन महिनाभर वोटविरुवा रोपिने वताए । उनले विरुवा रोप्नुका साथै रोपिएको विरुवाका संरक्षणमा समेत ध्यान दिइने वताए । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार शरद रेग्मीले गरेका थिए । अभियानमा, तुलसीपुर उद्योग वाणिज्य संघ, रोटरी क्लव अफ तुलसीपुर, रोट्रयाक्ट क्लव अफ तुलसीपुर, तुलसीपुर नगर जेसिज, भुतपूर्व प्रहरी संगठन लगायतको सहभागिता रहेको थियो ।