२०८२ माघ २८ गते बुधवार

ज्योतिपुञ्ज मोडेल स्कुलको ३२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ,पुस १२। दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले एक कार्यक्रमको आयोजना गरी आज शनिबार आफ्नो ३२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता र निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष निर्मल न्यौपाने र घोराही उपमहानगरपालिका वडा न २ का अध्यक्ष चित्र बहादुर चौधरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि मन्त्री न्यौपानेले सामुदायिक र निजी विद्यालयबिच आलोचना र  प्रतिस्पर्धा नभई  समन्वय र प्रगाढ सम्बन्ध बनाएर अघि बढ्न जरुरी रहेको बताए ।


सामुदायिक र निजि विद्यालयका सामु शिक्षालाई गुणस्तरीय बनाई विश्व सँग प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने चुनौती रहेको बताए। यो चुनौती सामना गर्नका लागि एकले अर्कोलाई आलोचना नभई समन्वय जरुरी रहेको बताए ।


राज्यले गर्नुपर्ने काम निजी विद्यालयले गरेको भन्दै मन्त्री न्यौपानेले शिक्षाको बिकासका लागि निजी विद्यालयको सिको सवैले गर्नुपर्ने बताए ।
कार्यक्रमका बिशिस्ट  अतिथि  प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शिक्षा क्षेत्रको बिकास नै देशको सवै क्षेत्रको बिकास भएको हुँदा त्यसका लागि निजि विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्ने काम गरिरहेको बताए ।


अर्का बिशिस्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल ज्योतिपुञ्जले गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताए ।


प्याब्सन  घोराही  नगर अध्यक्ष बालकृष्ण वलिले शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माणका लागि लाग्नु पर्नेमा जोड दिए ।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारीले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


त्यस्तै कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीलाई नियमित रुपमा पठाउने, छोराछोरीको गृहकार्यको नियमिततामा ध्यान दिने, अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागि प्रेरित गर्ने, अभिभावक अन्तरक्रियामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येवाट वर्ष उत्कृष्ट अभिभावक बिधामा कमला परीयार, उत्कृष्ट स्वस्थकर खाजा पठाउने अभिभावक बिधामा बिपना अधिकारीलाई सम्मान गरिएको छ ।

यसैगरी विद्यालयमा सबैभन्दा कम विदा लिई नियमित रुपमा विद्यालयमा हाजिर हुने शिक्षक सिर्जना आचार्य, विशेष शिक्षककाे रुपमा लामो समयदेखि कार्यरत शिक्षकहरु मैना भण्डारी,रिमाभण्डारी र बिरमती बि.क. लाई सम्मान गरिएकाे थियाे साथै लामो समयदेखी कार्यरत कर्मचारी दामाेदर थापालाई कदर पत्र सहित सम्मान गरिएको छ ।

विद्यालयको ३२ औं वार्षिकोत्सवको अबसरमा अभिभावक बिचमा भएको कुर्सीदौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने यमा गोराथोकी,प्रतीक्षा अधिकारी र सपना कालाथोकी र शिक्षकहरुबिच भएको चम्चा दौड प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने मदन घिमिरे,शर्मिला बस्नेत र सीता रिजाललाई पुरस्कार बितरण गरिएको थियो ।

त्यस्तै गत शैक्षिक बर्षमा कक्षा उत्कृष्ट, वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेल तथा साहीत्यीक कार्यक्रमहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

यसैगरी विद्यालयमा प्रिपाइमेरी तहमा उत्कृष्ट हुने वसन्त पोख्रेल, कक्षा १ देखि ५ सम्म उत्कृष्ट हुने निशान पाण्डेय र कक्षा ६ देखि ८ सम्म उत्कृष्ट हुने सोनिया अधिकारीलाई पुरस्कार बितरण गरिएको थियो भने विद्यालयकाे छात्रवृत्ति कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ मा ३.६० जिपिए भन्दा माथि लिने विद्यार्थीहरु वर्षा थापा,प्रतीक खनाल,कृतिमा चौधरी,अनुजा चौधरी,समीर खनाल,रिदम भुसाल र भावना जोशीलाई जनही रु.५,१००/-  नगद सहित पुरस्कृत एवं सम्मान गरिएकाे थियाे यसैगरी बर्ष उत्कृष्ट विद्यार्थी विधामा कक्षा ६ की छात्रा प्रत्युसा कालाथोकी, मोस्ट हाइजेनिक विद्यार्थी बिधामा कक्षा ६ की छात्रा रचना चौधरी , मोष्ट अनुशासति विद्यार्थी बिधामा कक्षा १ का छात्र सुचित भण्डारी,अङ्ग्रेजी भाषा प्रवर्धन गर्ने विद्यार्थी विधामा कक्षा ६ का छात्र अनिश पाण्डेय,वेष्ट एङ्करीङ स्डुडेन्ट अफ द ईअर विधामा कक्षा ७ कि छात्रा पूर्णिमा खड्का,बर्ष उत्कृष्ट नियमित हाजिर हुने विद्यार्थी विधामा निशान पनण्डे,सोया तामाङ,ओजस्वी पाण्डे,जानभी खत्री,संगम थापा,रिज्मा भुसाल,रोजी भुसाल,सदिशन आचार्य,निर्जला पाण्डेय,साजना चौधरी,मन्जिता रिजाल,अनुजा कवँर,विपिशा चौधरी,सोनिया अधिकारी र सुशान्त तामाङलाई समेत पुरस्कार सहीत सम्मान गरिएको थियो यसैगरी “वेष्ट हाउस अफ द ईएर २०८२” को विधामा रेड हाउसका विद्यार्थीहरुलाई सम्मान गरिएकाे थियाे भने वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार गरेका आर्ट एण्ड क्राफ्टहरुको मूल्याङ्कनमा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थी समूहहरुलाई पनि नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा विद्यार्थीका तिन दर्जन बढी गीत, गजल, कविता, नृत्य, नाटक प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षकद्वय मनिसा मरमथानी र सिर्जना आचार्यले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *