
फाइल तस्बिर
दाङ,असार ३० । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा पुगेर उद्दार तथा राहतमा लाग्न आग्रह गरेका छन् । सभामुख महराले राहत तथा उद्दारमा कुनै कसर बाँकी नराख्न सरकार संग समेत आग्रह गरेका छन् ।
सोमबार वक्तव्य जारी गर्दै सभामुख महराले भनेका छन्,–‘प्राकृतिक विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु।’ साथै उनले विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग आग्रह पनि गरेका छन् ।
सोमबार सूचना टाँसेर स्थगित गरिएको संसदको अर्काे बैठक साउन ८ गते दिनको १ बजेबाट सुरू हुने भएको छ ।
प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार