पाल्पा,असार २८ । बुटवल–तानसेन सडकखण्डमा पहाडवाट झरेको पहिरोले लागेर एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ । पाल्पाको मित्याल गाउँपालिका निवासी ३१ बर्षीय धनबहादुर सुनारीको माथिवाट झरेको पहिरोले लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुासर सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा सवार सुनारीलाई पहिलोरे हुत्याएर मोटरसाईकलसहित तिनाउ खोलामा पुर्याएको थियो ।
भौगोलिक कठिनाईका कारण घटना भएको झन्डै ३ घन्टापछि मात्रै सुनारीको शव निकाल्न संभव भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार