२०८२ मङ्सिर २४ गते बुधवार

शिक्षकका समस्याका बारेमा तुलसीपुरमा छलफल


दाङ,असार २८ । नेपाल शिक्षक संघ दाङले शनिवार तुलसीपुरमा प्रवोधिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षकका विद्यमान समस्या र संगठनलाई चुस्तदुरुस्त बनाउने बिषयमा छलफल भएको छ ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्तेतको अध्यक्षतामा भएको कार्यक्रम संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्को प्रमुख आतिथ्यतामा भएको हो । त्यस्तै कार्यक्रम संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगी र संघीय सदस्य नेत्रलाल न्यौपानेको बिशिष्ट आतिथ्यतमा भएको हो । कार्यक्रममा विद्यमान शैक्षिक सवाल, पेशागत समस्या र समाधानको उपाय, संगठनिक संरचना, सदस्यता नविकरण, प्रस्तावित शिक्षा ऐन लगाएका बिषयमा छलफल भएको छ ।

कार्यक्रमले संघको सूचना सम्पर्क ब्यक्तिको रुपमा संघका जिल्ला सचिव प्रकाश डाँगीलाई चयन गरेको छ । यसैगरी शिक्षक संघको १० वटा स्थानीय तहलाई सहजीकरण गर्नका लागि स्रोत ब्यक्ति पनि चयन गरिएको छ । कार्यक्रममा संघले तोकिका सवै काम समयसिममा भित्र सकेर प्रतिवेदन सम्वन्धित तहमा पठाउने निर्णय भएको नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश डाँगीले जानकारी दिए ।

संघका जिल्ला उपाध्याक्ष अनन्ता केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष शंकरदिवस मज्गैंया, पूर्व संघीय महासचिव सुशीला सुवेदी,प्रमोदकुमार न्यौपाने, लक्ष्मी न्यौपाने, रमेशकुमार पाण्डेय, गेहेन्द्रराज शर्मा, श्रीधर शर्मा, बिष्णकुमार आचार्य लगायतकाले मनतव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *