
दाङ, असार २७ । डिभिजन वन कार्यालय दाङले शुक्रबारदेखि बिरुवा बितरण शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले यो वर्ष निशुल्क बितरण गर्नका लागि करिब ३ लाख विरुवा उत्पादन गरेको जानकारी दिएको छ । खाली क्षेत्रमा बिरुवा लगाउनका लागि वन समूहहरु, बिधालयहरु, विभिन्न संघ सस्था,ब्यक्तिहरुलाई समेत निशुल्क रुपमा बिरुवा बितरण शुरु गरिएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।
बिरुवा आवश्यक परेकाहरुले तत्काल कार्यालयमा सम्पर्क गरि आवश्यक बिरुवा संरक्षण हुने गरि बृक्षरोपण गर्न डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार