२०८३ असार ३ गते बुधवार

नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिह्न लगाए

काठमाडौं,भदौ १९ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

२०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका खापुङ प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिपछि आगामी कार्तिक २६ गते अवकाशमा जाने छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *