रुकुम पश्चिम, भदौ १८ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसीलाई ‘सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८२’ प्रदान गरिएको छ ।
सहिद गणेश शाहको ३१ औँ स्मृति दिवसको अवसरमा मङ्गलबार चौरजहारी नगरपालिका– ११ मा आयोजित स्मृति सभामा उनलाई पुरस्कार सहिद सम्मान प्रदान गरिएको हो ।
मुसीकोट नगरपालिका –१३ निवासी पत्रकार केसी नेपाल पत्रकार महासंघ रुकुमपश्चिमका पूर्व अध्यक्ष समेत हुन ।
उनले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण विषयवस्तुको उजागर गरेर समाज रुपान्तरणका ललागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।
लामो समय शिक्षा र सामाजिक विषयवस्तुका क्षेत्रमा कलम चलाएका केसी हाल उजेली न्यूज अनलाइनको सम्पादक छ्न । उनी करिब दुई दशक यता पत्रकारीतामा संलग्न छन
स्मृति सभाको अवसरमा उनलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह, नेपाली काँग्रेस रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, जिल्ला सदस्य एवम् सङ्गठन विभाग प्रमुख यदुकुमार आचार्य, चौरजहारी नगर सभापति प्रेमबहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
दिवसकै अवसरमा सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण, हाजिरी जवाफ, हिसाब दौड प्रतियोगिता सञ्चालन गरिएको नेपाली काँग्रेस चौरजहारी नगरपालिका ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिए ।
२०५१ साल भदौ १७ गतेका दिन सानीभेरी गाउँपालिका ९ -तत्कालीन सिम्ली गाविसको सुलिहाले) मा शाहको हत्या भएको थियो ।
खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला तत्कालिन बिद्रोही पक्ष (नेकपा माओवादी) ले उनको हत्या गरेका थिए ।
