२०८२ मङ्सिर २४ गते बुधवार

आन्दोलन स्थगित गरिएको हो, फिर्ता भएको हैन – विपुल पोखरेल


रुपन्देही, असार २६ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले विहीवार बुटवलामा आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखिकरण तालिमलाई सम्वोधन गर्दै महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई केही समयका लागि स्थगण मात्रै गरेको स्पष्ट पारे ।

नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी विधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका बिषय हटाउने र सरोकारवालासंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरिएको भएपनि आन्दोलन फिर्ता भने नभएको बताए । उनले प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहने स्पष्ट पारे ।

 

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *