२०८२ कार्तिक २९ गते शनिवार

वडाध्यक्ष गुरुङ एक बर्षपछि बिदेशबाट फर्किए

दाङ, भदौ १५ । दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ एक बर्ष पछि बेलायतबाट फर्किएका हुन ।


२०८१ / ०४/साउन २० गते बेलायतका लागि उडेका उनी एक बर्ष भन्दा बढी समय उतै बिताएर उनी तीजको समयमा घर फर्किएका हुन ।

घर फर्किएपछि उनी बिहीबार वडा कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर उनले पहिले जस्तै सर्वसाधारण सेवाग्राहीको काम गरेका थिए ।

त्यसपछि उनी शुक्रबार कार्यपालिका बैठकमा पनि पुगे । उनी त्यहाँ पुगेपछि बिरोध भएको थियो । जस्ले गर्दा कार्यपालिका बैठक नै स्थगित हुन पुगेको थियो ।

कतिपय कार्यपालिका सदस्यहरुले उनको उपस्थितिबारे फरक मत राखेका थिए । वडाध्यक्ष गुरुङ कार्यपलिका बैठकमा सहभागी भएपछि उनलाई सुरुमा कुरा राख्न समय प्रदान गरिएको थियो ।

तर, उनको कुरा चित्त बुझ्दो नभएको भन्दै पालिका प्रबक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजालीले फरकमत दर्ज गरेर बाहिरिएका थिए ।


उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *