२०८३ जेष्ठ ३१ गते आइतवार

सरकारका प्रवक्ता र काँग्रेसका प्रवक्ताको दोहोरी


दाङ,असार २६ । नेपाल सरकारका प्रवक्ता र नेपाली काँग्रेसका प्रवक्ताका बीचमा दोहोरी चलेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसको भूमिकाप्रति प्रश्न उठाएका थिए।

बाँस्कोटाले विप्लवको सहारा लिएर सरकारमाथि कांग्रेसले प्रश्न उठाउने गरेको दाबी गरे । उनले ‘दिनभर बीपी र रात परेपछि विप्लव हो ?’ भन्दै कांग्रेसमाथि संगिन आरोप लगाए । त्यसको प्रतिउत्तर पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार नै दिएका छन् । काँग्रेस प्रबक्ता शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीलाई सम्हाल्न ट्वीट मार्फत सचेत तुल्याएका छन् ।

बाँस्कोटाको भनाई सार्वजनिक भए लगतै काँग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री र सञ्चारमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका छन्।

काँग्रेस प्रबक्ता शर्माले मन्त्रीलाई लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै भनेका छन् – ‘प्रधानमन्त्रीज्यू लगाम उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री?

साथै प्रवक्ता शर्माले प्रधानमन्त्रीले संसदमै असंसदीय शब्द बोल्ने गरेको उल्लेख गर्दै उनले मन्त्रीको संस्कारको अपेक्षा कसरी गर्ने ? भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री नै जब संसदमा असंसदीय शब्द बोल्नुहुन्छ तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु?’ उनले अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्न उचित नहुने बताएका छन्।‘भनाइ छ हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न,’ उनले लेखेका छन्।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *