२०८३ असार २७ गते शनिवार

लुम्बिनी प्रदेश सदस्य पुनको निधन

दाङ, भदौ १५ । रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य ३२ बर्षीया सरिता पुनको निधन भएको छ ।

रुकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका – १० तकसेराकी पुनको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हो ।

स्वर्गिय पुन एमालेकी समानुपातिक सांसद हुन । उनी लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन ।

नेकपा एमाले रुकुम पूर्व इन्चार्ज खेममान खड्काले शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार बेलुकी ६ बजेतिर निधन भएको जानकारी दिए ।

२५ बर्ष पहिले पुनले मुटुको भल्व फेरेकी थिइन । स्वास्थ्य समस्या देखिएपछि उनी अस्पताल पुगेकी थिइन । उनी गर्भबति पनि थिइन ।

फेरि पनि भल्व फेर्नु पर्ने अवस्था देखिएपछि एक महिना पहिला मात्रै उनले छोरीलाई जन्म दिएकी थिइन । उनको अवस्थाका कारण समय पुग्नु भन्दा अगाबै सर्जरी गरि बच्चा निकालिएको थियो । छोरी सकुशल छिन ।


छोरीलाई जन्म दिएपछि फेरि उनले कृतिम भल्व फेरेकी थिइन । त्यसपछि पनि विस्तारै उनले स्वास्थय लाभ लिइ रहेकी थिइन ।

राम्रो भइ नर्मल वार्डमा सारिएको थियो । त्यही बीचमा उनलाई निमोनिया बल्झिन पुग्यो । सोही निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *