२०८३ असार ३ गते बुधवार

कोहलपुर – सुर्खेत १३२ केभी प्रसारणलाइन – १६२ वटा टावर मध्य अव ३ मात्रै निर्माण गर्न बाँकी

कर्णालीका मुख्यमन्त्री र संघीय वनमन्त्रीले गरे अनुगमण

दाङ, भदौ १४ । कोहलपुर – सुर्खेत १३२ केभी प्रसारणलाइन मध्य अब जम्मा तीन वटा टावर निर्माण गर्न मात्रै बाँकी रहेको छ । जम्मा दश किलोमिटर जति तार तान्न बाँकी छ ।


प्रशारणलाइनका आयोजना प्रमुख रवि चौधरीका अनुसार कोहलपुर – सुर्खेत १३२ केभी प्रशासन लाइनममा १६२ वटा टावर मध्ये तीन वटामात्र निर्माण बाँकी रहेको जानकारी दिए ।

त्यस्तै उनले १० किलोमिटर लाइन तान्न बाँकी रहेको बताए । उनले बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुन बित्तिकै ती काम पुरा हुने जानकारी दिए ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद हल भइ सकेको छ ।

साथै आयोजनाले भौगोलिक जटिलताले रुख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ड्रोनको सहायताबाट लाइन जोड्ने तयारी भइ रहेको जानकारी दिएको छ ।

बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर ११, स्थित सुब्बाकुना सबस्टेसन पुगेर टुंगिने प्रशारण लाइनको दूरी ५२ किलोमिटर छ ।

यसैबीच शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले भइ रहेको प्रशारण लानकाको कामको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमन पछि निर्माणाधिन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको बाँकी रहेका काम तिहारसम्म पुरा गर्न मुख्यमन्त्री कँडेलले निर्देशन दिएका छन् ।


प्रशारण लाइन अन्र्तगन हालसम्म निर्माण गरिएका विभिन्न संरचनाहरुको निरीक्षण गर्दै उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएका हुन ।

मुख्यमन्त्री कँडेलले आउँदो तिहारसम्म प्रशारणलाइनको फिल्डको काम सकेर सब स्टेशनमा विद्युत जोड्ने गरी काम गर्न आग्रह गरेका थिए ।


कोहलपुर– सुर्खेत १३२ केभी प्रशारणलाइनको सबस्टेशन, गाभर निर्माणाधिन टावर अवलोकन गर्नुका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रशारणलाइनका कर्मचारीसंग बाँकी कामहरुको बारेमा उनले छलफल गरेका थिए ।

चिसापानी गाभरमा सरोकारवालासंगको छलफलमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।
मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्न तर्फ ध्यान दिन आग्रह गरेका थिए ।


उनले निकुञ्जका कर्मचारीलाई कर्णालीबासीको दिनचर्यासंग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन आग्रह गरेका थिए ।


संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइएको भएपनि बिगतमा बिभिन्न कारणले केही ढिला हुन पुगेको भएपनि अब काम धमाधम अगाडि बढ्ने आशा ब्यक्त गरे ।

‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरु हामी तत्काल गरि हाल्र्छौै र बाँकी केही समस्या देखिएमा लेखेर पठाउनुस मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए तत्कालै काम हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री र वनमन्त्रीसंगको छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले काटिएका काठहरु ल्याउन बाँकी रहेकाले अब रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *