२०८२ मङ्सिर २४ गते बुधवार

पार्टी त्याग्ने घोषणा पछि रोल्पाबाट विप्लवका एक कार्यकर्ता रिहा भए

दाङ, असार २६ । विप्लव नेतृत्वको नेकपा रोल्पाका एकजना कार्यकर्ता विहीवार रिहा भएका छन् । जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ६ गजुल स्थायी घर भइ रोल्पा नगरपालिका वडा नं. ४ लिवाङ बजारमा चिया पसल गर्दै आएका ५३ बर्षीय देउराम सुनार (गद्दाफी) रिहा भएका छन् ।

असार ३ गते उनी लिवाङबाट पक्राउ परेका थिए । जिल्ला प्रशान कार्यालय रोल्पा मार्फत ३ हजार धरौटी राखेर सुनार रिहा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । सुनारका विरुद्ध स्थानीय प्रहरी प्रशासनले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत मुद्दा चलाएको थियो । रिहा भए लगतै सुनारले एक विज्ञप्ति प्रकाशित गर्दै स्वतन्त्र जीवन यापन गर्न चाहेको इच्छा व्यक्त गरेका छन् । उनले अबदेखि कुनैपनि पार्टीमा नलाग्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *