२०८३ भाद्र १२ गते शुक्रवार

पूर्व राष्ट्रपति जस्तो ब्यक्ती पार्टीकाे सक्रिय राजनितीमा आउनु उचित छैन : महासचिव पोख्रेल

घाेराही,भदाै ७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीकाे सक्रिय राजनितीमा आउनु उचित नरहेकाे बताएका छन ।

प्रेस चौतारी नेपाल दाङले आज घाेराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई सामाजिक रुपमा सक्रिय हुन कुनै राेकताेक नरहेकाे उल्लेख गर्दै सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने पक्षमा एमाले नरहेकाे बताएका हुन ।

उनले नेपालकाे सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताए ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पाार्दै नेपालकाे सहमति बिना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य रहेकाे बताए ।

दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेकाे देखिएकाे भन्दै नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको बताए ।

नेपालकाे सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित रहेकाे भन्दै तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने तर्क गरे ।

सुगौली सन्धि सन् १८१६ तिरकाे सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए ।

पोख्रेलले सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको बताए ।

अहिले देशमा राजस्व बढेको, खर्च गर्ने क्षमता मजबुत भएको, लगानीयोग्य वातावरण बनेको र निजी क्षेत्र उत्साहित रहेकाे जिकिर गरे ।

यसैबीच पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए ।

महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन् ।

पत्रकार सम्मेलन प्रेस चाैतारी दाङकी अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षतामा भएको थियाे ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *