२०८२ जेष्ठ ३० गते शुक्रवार

हर्न बजाउन निषेध गरियो तर कार्यान्वयन भएन


यमकला भुसाल,
तुलसीपुर, असार २६ । दाङको तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको पनि करिब एक वर्ष बढी भैसक्यो । तर त्यसको कार्यान्वयन भने फितलो देखिएको छ । २०७४ साल साउन १ गते तुलसीपुरलाई हर्न निषेध क्षेत्र बनाउन विभिन्न स्थानमा होडीङ् बोर्ड स्थापना गरिएको थियो । त्यो समयमा कार्वाही गर्ने र अनुगमन गर्ने निकाए नहुदाँ त्यो त्यत्ती प्रभावकारी बन्न सकेन ।

ध्वनि प्रदूषणले जनजीवनमा असहजता ल्याएको भन्दै गत वर्ष फेरी मसिंर १५ देखि तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेध क्षेत्र घोषणा गरियो ।

लापरबाही पूर्वक हर्न बजाएको पाइएमा ५ सयदेखि १ हजार ५ सयसम्म जरिवानाको व्यवस्था पनि गरिएको थियो । तर बिगतका बर्षमा भन्दा केही कमी भएपनि हर्न निषेध भने अझै हुन सकेको छैन् । होडिङ् बोर्ड मै सिमित भएको देखिन्छ । हिजो आज तुलसीपुर बजारमा निषेध गरिएको हर्न बजिररहेको सुनिन्छ ।

यस क्षेत्रको सडक साघुँरो छ,यसैमा पशुचौपाया छन,त्यसैमा मानसिक सन्तुलन गुमाएका मानिसहरु हिड्छन,हामीले हर्न नबजाइ हुदैन । एक मोटरसाइकल चालक विष्णु पुनले भने । उनले सडकको अवस्था साँघुरो र नाजुक रहेसम्म हर्न निषेध कार्यान्वयमा आउन जटिल कुरा भएको समेत बताए ।

यता शुरुशुरुमा हर्न निषेध क्षेत्र बनाउन केही सक्रियताका साथ लागेका सरोकारवाला निकायहरु पनि पछिल्लो समय भने मौन छन ।

त्यस्तै यता ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जनशक्तिको अभाव हुँदा हर्न निषेध कार्य प्रभाबकारी हुन नसकेको जानकारी दिए । उनले भने,–तुलसीपुरमा करिव ५० जना ट्राफिक प्रहरी आवस्यक पर्छ तर अहिले ११ जना मात्रै ट्राफिक प्रहरी छौँ । प्रमुख केसीले थोरै जनशक्तिले पनि करिब करिब ७५ प्रतिशत हर्न बजाउने कार्य नियन्त्रणमा आएको जानकारी दिए । उनका अनुसार आर्थिक बर्षको ११ महिनामा ९ हजार ४ सय ५० सवारी कार्वाही गर्दा ५३ लाख ३५ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै गत मंसिर १६ देखी जेठ अन्तीम सम्ममा हर्न बजाएर ५ सय एक सवारी साधन कार्वाहीमा परेका थिए । जसबाट २ लाख ६० हजार राजश्व संकलन भएको प्रमुख केसीको भनाई छ । ट्राफिक प्रहरीको मात्र प्रयासले यस क्षेत्रलाई हर्न निषेध क्षेत्र बनाउन सकिदैन,उहाँले भन्नुभयो–यसका लागी सबै सरोकारवाला निकायले पनि सक्रियता देखाउन जरुरी छ । तब मात्र हर्न निषेधीत अभियानले सार्थकता पाउने छ ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *