
तुलसीपुर, असार २५ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को वजेट पारित भएको छ । पाँचौ नगरसभाको चौथो वैठकले सर्वसम्मतबाट वजेट पारित गरेको हो । केन्द्रीय सरकारको नीति अनुसार असार १० गते नै उपप्रमुख माया शर्माले वजेट प्रस्तुत गरेकी थिइन् ।
वजेट आवश्यक केही संशोधन सहित पारित गरिएको हो । उपमहानगरपालिकाले यो वर्षलाई सडक वर्षका रुपमा मनाउने निर्णय गरिसकेको छ । त्यसैगरी आर्थिक समिति संयोजक माधव वलीले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक समेत पारित गरेको छ ।
उपमहानगरपालिकाले विकास कार्यलाई प्रभावकारी रुपमा अगाडि वढाउनका लागि गठन गरेको तुलसीपुर विकास प्राधिकरण सम्वन्धि ऐन समेत पारित गरेको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी गराएका छन् । विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गरेका थिए । प्राधिकरण ऐन पारित भएसँगै अव काम अगाडि वढ्ने भएको छ ।
उपमहानगरपालिकाले पहिलो वर्ष प्राधिकरण मार्फत ६० किलोमिटर वाटो कालोपत्रे गर्ने भएको छ । यसैगरी उपमहानगरपालिकाको वैठकले सुशासन समितिले प्रस्तुत गरेको अस्थायी, करार कर्मचारीको म्याद थप सम्वन्धि प्रस्ताव समेत पास गरेको छ ।