दाङ, साउन १९ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेकपा संग पार्टी एकता गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी कमिटी बैठकले बिप्लव संग पार्टी एकता गर्ने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासंग एकता गर्ने निर्णय भएको पत्रकारलाई जानकारी दिएका थिए ।
उनले अब छिट्टै बिप्लन नेतृत्वको नेकपा संग पार्टी एकता हुने आशा ब्यक्त गरेका थिए । पार्टी एकताका लागि वार्ता समिति छिट्टै निर्माण गरिने सापकोटाले बताएका थिए ।
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार