दाङ, साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
बुधबार भएको संसदीय दल नेता निर्वाचनमार्फत प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँ निर्वाचित दलका नेतामा निर्वाचित भएका हुन ।
बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले १४ मत मात्रै प्राप्त गरेका थिए । संसदीय दलको नेताका लागि ३७ जना सांसदले मतदान गरेका थिए ।
स्वस्तिक छाप लगाउनुपर्नेमा एक जना सांसदले नाम लेखेको पाइएपछि त्यो मत भने बदर भएको थियो । सरकारका ५ जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाको विरूद्ध उत्रिएका थिए ।
यसअघि २०७९ पुस १३ गते संसदीय दल नेताका लागि चुनाव भएको थियो। त्यसबेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए । निर्माण व्यवसायी पृष्ठभूमिका दुवै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
