काठमान्डौं, असार २५ । भोजपुरमा बुधवार विहान प्रहरी र विप्लवका कार्यकर्ता बीच भएको दाहोरो भिडन्तमा एक प्रहरी र एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको छ ।
भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान साढे ८ बजेतिर विप्लवका कार्यकर्ताले आक्रमण गर्दा प्रहरी जवान सन्जिव राईको गोली लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसपछि प्रहरीले प्रतिकार गरेपछि विप्लव नेकपाका ओखलढुंगा इञ्चार्जको पनि गोली लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकको साथबाट पेस्तोलसमेत बरामद भएको प्रहरीले बताएको छ । एका विहानै प्रहरी र विप्लवका कार्यकर्ता बीच गोली हानाहान भएपछि भोजपुरको जवजीवन त्रसिद भएको सर्वसाधारणले बताएका छन् । अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार