२०८३ असार ५ गते शुक्रवार

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल घोषणा

दाङ, असार ३२ । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले साउन २ गते देशभर शैक्षिक हड्ताल घोषणा गरेको छ ।

क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वीरेन्द्र शाहले असार १९ गते जारी गरेको बिज्ञप्तिमा नयाँ जन पक्षिय शिक्षा ऐन जारी गर्नु पर्ने माग गरिएको छ ।


यसअघि असार २४ गते क्रान्तिकारी अध्यक्षसहितको टोलीले केन्द्रमा शिक्षा मन्त्री रघुजी पन्तलाई ज्ञापपत्र बुझाइ ध्यानाकर्षण गराएको थियो ।

क्रान्तिकारीले अन्य बिभिन्न पार्टीका सचेचत र राष्ट्रिय सभाका अध्यक्ष देवराज घिमिरेलाई पनि ज्ञापन पत्र बुझाइएको थियो । घोषित शैक्षिक हड्ताल सफल बनाउन भन्दै क्रान्तिकारीले असार २३ र २४ गते मुलुकका बिभिन्न स्थानमा कोणसभा गरि सकेको जनाएको छ ।

त्यस्तै असार ३० गते पर्दशनका क्रममा क्रान्तिकारीका दश जना बिद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।


घोषित कार्यक्रम अन्तरगत आज (असार ३२ गते) बेलुका देशका प्रमुख शहरहरुमा शिक्षा मन्त्री पन्तको पुत्ला दहनका साथै मसला जुलुस गर्ने अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश इञ्चार्ज प्रेमप्रशान्त बोहोराले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *