दाङ,असार २३। दाङकाे घाेराहीस्थित दाङ भ्याली कलेजले प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेकाे छ ।
कलेजले आज साेमबार एक कार्यक्रमकाे आयाेजना गरी प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।
कलेजले आज साेमबार बिहान पहिलाे चरणकाे प्रवेश परीक्षा लिएकाे छ । शैक्षिक सत्र २०८२ मा कक्षा ११ मा अध्ययन गर्नका लागि विज्ञान, व्यवस्थापन तथा शिक्षा समूहका विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका थिए । कलेजले आज प्रवेश परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ ।
प्रवेश परीक्षामा विज्ञान समूहमा प्रथम शशाङ्क गाैतम, द्वितीय अस्मिता चाैधरी, व्यवस्थापन समूहमा प्रथम स्माइल रेग्मी, द्वितीय पृथक घिमिरे र शिक्षा समूहमा प्रथम चुडामणि बिष्ट भएका थिए ।
प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई अबिर तथा खादाले सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीका तर्फबाट शशाङ्क गाैतम, अभिभावकका तर्फबाट सुमन घिमिरेले मन्तव्य राखेका थिए ।
कलेजका कलेज प्रमुख विष्णुबहादुर बञ्जाडेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षक थम्मन बस्नेतले गरेका थिए ।
